भक्तपुरको पुरानो बस्तीमा सवारी साधन प्रवेश निषेध | Khabarhub Khabarhub

भक्तपुरको पुरानो बस्तीमा सवारी साधन प्रवेश निषेध


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुर नगरपालिकाले विहीबारदेखि भक्तपुर नगरपालिकाको पुरानो बस्तीभित्र सवारी साधन प्रवेशमा निषेध गरेको छ ।

विश्वसम्पदा सूचीमा सूचीकृत दरबारस्क्वायर क्षेत्रमा सवारी निषेध गर्दै आएको नगरपालिकाले आजदेखि नगरपालिकाको भित्री बस्तीमा समेत सवारी साधन प्रवेश र पार्किङमा निषेध गरेको हो ।

भक्तपुरका सम्पदा र परम्परागत पुरानो बस्तीको संरक्षण एवं पैदलयात्रीको सुरक्षाका लागि नगरपालिकाले आजदेखि लागू हुनेगरी अपराह्न सवारी प्रवेश निषेध गर्ने व्यवस्था गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

मालवाहक टिपर, ट्रकलगायत भारी सवारी साधन विभिन्न नाकाबाट नगरको पुरानो बस्तीभित्र सवारी प्रवेश गर्ने गरेको पाइएकाले आजदेखि सो क्षेत्रमा निषेध गरिएको बताइएको छ ।

मिनी टिपर, मिनी ट्रकलगायत मझौला सवारी साधन दिउँसो प्रवेशमा रोक लगाइने र साँझ ६ बजेदेखि बिहान ८ बजेसम्म मात्र प्रवेश अनुमति दिइने उनको भनाइ छ ।

सम्पदास्थल र त्यसवरपरका क्षेत्र दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन पार्किङस्थल बनेकाले आजैदेखि ती क्षेत्रमा पार्किङ पनि निषेध गरिएको नगरपालिकाले जनाएकाे छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ८ : २७ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा