'निफ' उद्घाटनमा भारतीय फिल्मकर्मी झाले भने - नेपालसँगको नाता गहिरो छ | Khabarhub Khabarhub

‘निफ’ उद्घाटनमा भारतीय फिल्मकर्मी झाले भने – नेपालसँगको नाता गहिरो छ


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज (बिहीवार) देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) शुरु भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा फेस्टिभलको सभामुख अग्नि सापकोटाले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरे ।

समारोहमा बलिउड निर्देशक प्रकाश झा, हलिउड फिल्ममेकर ल्यारी कासानोफ, निफका अध्यक्ष केपी पाठक लगायत उपस्थित थिए ।

उद्घाटन सत्रमा बोल्दै बलिउड मेकर प्रकाश झाले नेपालमा रहेर संसारका विभिन्न देशका फिल्म हेर्न आफू उत्सुक रहेको बताए । उनले ४० वर्षदेखि फिल्ममा काम गरिरहेको र हरेक दिन फिल्म मेकिङमा सधै रमाएको बताए ।

‘४० वर्षदेखि सिनेमामा काम गरिरहेको छु तर कुनै दिन यस्तो छैन, जहाँ मैले यो काममा इन्जोए नगरेको हुँ,’ झाले भने । उनले आफू नेपालको बोर्डरमा जन्मिएको बताउँदै नेपाल दोस्रो घर जस्तै लाग्ने गरेको बताए ।

‘म बिहारमा जन्मिएको हुँ जहाँ नेपालको बोर्डर पर्थ्यो । हामी त के हाम्रा गाइवस्तु पनि चर्नलाई नेपाल जान्थे,’ निर्देशक झाले भने, ‘नेपालसँगको नाता गहिरो भएपनि काठमाडौं आएको भने पहिलो पटक हो । सिनेमाका कारणले आउन पाउँदा दोब्बर खुशी लागेको छ ।’

५ दिनसम्म चल्ने फेस्टिभलमा राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाममा फिल्म देखाइनेछ । अक्ष्यक्ष केपी पाठकका अनुसार फेस्टिभलमा सहभागिता जनाउनका लागि ४० देशका फिल्मकर्मी नेपाल आइपुगेका छन् ।

‘हामीले फिल्मसँगै छलफलका लागि पनि अन्तर्राष्ट्रिय व्यक्तित्व बोलाएका छौं । यो ५ दिनमा सिनेमाको भविष्यसँगै डिजिटल प्लेटफर्ममा नेपालको प्रवेशका सम्भावित बाटाका बारेमा पनि छलफल हुनेछ,’ पाठकले भने, ‘वैकल्पिक बजारको आवश्यकता रहेको नेपाल जस्तो देशका लागि यो छलफल उपयोगी हुन्छ भन्ने विश्वास छ ।’

यस्तै फिल्मकर्मी नीर शाहले संसारभरका फिल्मलाई सिनेमाबाटै खतरा रहेको बताएका थिए । ‘सिनेमाका नाममा बनेका सिनेमा नलाग्ने फिल्मबाट नै वास्तविक सिनेमालाई खतरा छ,’ उनले भने, ‘त्यस्ता नन एक्सप्रेसिभ सिनेमालाई एक्लै लडेर जित्न सकिन्न । सामूहिक रुपमा लड्नु पर्छ र महोत्सव यसरी लड्ने प्लेटफर्म हुन सक्छ ।’

उद्घाटन सत्रपछि चिनियाँ फिल्म ‘द कम्पोजर’ देखाइएको थियो । महोत्सवको दोस्रो दिन डिजिटल फिल्म सम्बन्धी वर्कसपसँगै विभिन्न फिल्म प्रदर्शन गरिने निफले जनाएको छ ।

तस्वीरहरू: आर्यन बिमली

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ९ : ०२ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई