लखनउको उच्च अदालत नजिकै बम विस्फोट | Khabarhub Khabarhub

लखनउको उच्च अदालत नजिकै बम विस्फोट


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लखनउ– भारतीय राज्य उत्तर प्रदेशको राजधानी लखनउमा रहेको उच्च अदालत नजिकै विष्फोट भएको छ ।

लखनउको हजरतगञ्ज क्षेत्रमा भएको विष्फोटमा १ जना कानून व्यवसायी (वकिल) गम्भीर घाइते भएका छन् भने दुई वकिललाई सामान्य चोटपटक लागेको छ ।

विष्फोट भएको स्थान उत्तर प्रदेश विधानसभाबाट केबल १ किलोमिटरको दुरीमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । वकिलहरुको दुई समूहबीचको विवादका क्रममा बम विष्फोट भएको हुनसक्ने स्थानीयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अदालतमा रहेका वकिललाई निशाना बनाएर विष्फोट गराइएको जनाइएको छ । लखनउ बार एशोसिएसनका सहसचिव सञ्जिव लोधीले आफूले केही वकिलबारे उजुरी गरेको बदलामा आफूलाई निशाना बनाएर विष्फोट गराइएको दाबी गरेका छन् ।

करिब १० जनाको सङ्ख्यामा आएका मानिसहरुले आफ्नो चेम्बरमा बम फ्याँकेर भागेको उनको भनाइ छ । उनीहरुले फ्याँकेकामध्ये एउटा बम विष्फोट भएको र बाँकी दुई बम भने विष्फोट नभएको लोधीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले समाचार लेखेका छन् ।

विष्फोटमा लोधीसहित अरु दुई वकिल घाइते भएका छन् । विष्फोटलगत्तै वकिलहरुले अदालतमा बबाल गरेका थिए । अघिल्लो महिनामात्र वकिलहरुले राज्यमा आफूहरुविरुद्ध आक्रमण भइरहेको भन्दै काम ठप्प पारेका थिए ।

प्रहरीले आक्रमणमा जीतु यादव नाम गरेका व्यक्तिको सहभागिता रहेको जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ३ : ०६ बजे

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर