उद्योगको नियमित अनुगमन र निरीक्षण आवश्यक | Khabarhub Khabarhub

उद्योगको नियमित अनुगमन र निरीक्षण आवश्यक


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साना उद्योगलाई मजबुत पार्न नियमित अनुगमन तथा निरीक्षण गर्न आवश्यक रहेको एक कार्यक्रमका वक्ताले बताएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार आयोजना गरेको ‘सेफगार्डस, एण्टी–डम्पिङ तथा काउन्टरभेलिङ’ सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ बारे छलफल कार्यक्रममा सहभागीहरुले साना उद्योगलाई मजबुत बनाउन आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा मन्त्रालयका उपसचिव रामकृष्ण अधिकारीले स्वदेशी उद्योगमा हुन गएको हानी नोक्सानी रोक्नका लागि ‘सेफगार्डस, एण्टी–डम्पिङ तथा काउन्टरभेलिङ’ सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ ल्याइएको जानकारी गराए।

मुलुकको औद्योगिक क्षेत्रको प्रवद्र्धन गर्दै राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन पनि यस ऐन ल्याइएको उनले बताए ।

कार्यक्रममा सहसचिव महेश आचार्यले यस ऐनले सञ्चालनमा रहेका साना उद्योगलाई ठूलो सहयोग पुग्ने जानकारी गराए ।
अधिवक्ता दीपक घिमिरेले धेरै अघि नै आउनुपर्ने भएकाले ऐनको प्रचारप्रसार गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ९ : १४ बजे

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा