कनेक्ट आईपीएस मोबाइल एपबाट मासिक २ लाखसम्म कारोबार गर्न सकिने | Khabarhub Khabarhub

कनेक्ट आईपीएस मोबाइल एपबाट मासिक २ लाखसम्म कारोबार गर्न सकिने


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालन गरेको कनेक्ट आईपीएस इ पेमेन्ट प्रणालीको मोबाइल एपमार्फत प्रतिमहिना गरिने कारोबारको अधिकतम सीमालाई थप गरेको छ।

विद्यमान कारोबार सीमा एक लाखबाट वृद्घि गरी यही पुस २१ बाट लागू हुने गरी दुई लाख कायम गरेको हो।

नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन‐२०७६ को निर्देशनबमोजिम मासिक कारोवार सीमा थप गरिएको कम्पनीले जनाएको छ।

यद्यपि प्रतिकारोबार सीमा ५० हजार रुपैयाँ नै कायम रहेको छ । कनेक्ट आईपीएसको वेबसाइटबाट गरिने कारोबारको सीमा प्रतिकारोबार १० लाख र प्रतिबैंक मासिक ५० लाख यथावत् नै रहेको कम्पनीले जनाएको छ।

कनेक्ट आईपीएस इपेमेन्ट प्रणाली अनलाइन भुक्तानीको एकीकृत प्ल्याटर्फम हो। यसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड/बिल भुक्तानी लगायतका सुविधा उपलब्ध रहेका छन्।

उक्त प्ल्याटर्फममा सदस्य बैंकहरुका ग्राहकहरूका लागि अन्य सेवाहरुमा सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, मोबाइल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल/कलेज, इन्स्युरेन्स भुक्तानी, आदिगर्न सकिने व्यवस्था रहेको छ।

थप गरिएको कारोबार सीमाले बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूलाई बैंक खाताबाट गरिने डिजिटल भुक्तानी कारोबार गर्न थप सुविधा हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ७ : ४३ बजे

नेपालगञ्ज नाकाबाट नौ महिनामा ७० करोड बढीको जडिबुटी निकासी

खजुरा– जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं– पर्साको वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागूऔषध गाँजा करिब 

गण्डकीमा खगराजलाई कसरी जुट्छ विश्वासको मत? संविधानविदबीच मतान्तर

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिँदै

कोशी सरकार वैशाख २५ सम्म टिकाउन प्रयास गर्छौँ : कांग्रेस 

काठमाडौं– नेपाली कांग्रेस कोशी संसदीय दलका नेताले वैशाख २५ गतेसम्म

सप्तरीका अग्निपीडितलाई खानेपानी र शौचालयको व्यवस्था गरिने

राजविराज– सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टी बस्तीमा अग्निपीडितका लागि खानेपानी र