'अर्जुन रेड्डी'को नेपाली रिमेक भर्सन बन्ने | Khabarhub Khabarhub

‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‍ं – तेलुगु फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन निर्माण हुने भएको छ । एक नेपाली निर्माण कम्पनी एवम् वितरक युवा फिल्मसले चलचित्रको नेपाली भर्सनको निर्माणका लागि अनुमति लिएको हो ।

युवा फिल्म्सको तर्फबाट केशव खड्का र आशिश श्रेष्ठले दिएको जानकारी अनुसार अर्जुन रेड्डीको नेपाली भर्सन बन्ने भएको हो । ‘अर्जुन रेड्डी’को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ ।

साउथ स्टार विजय देवगरकोन्डा अभिनित यो चलचित्रलाई सन्दीप रेड्डी भङगले निर्देशन गरेका थिए ।  यसको रिमेक बन्ने चर्चा पहिलदेखि नै थियो ।

चलचित्रको हिन्दी रिमेकमा ‘कबीर सि‍ंह’ निर्माण भएको थियो । जुन फिल्म बलिउडमा सफल भएको थियो । फिल्ममा शाहिद कपूरले शीर्ष भूमिका निभाएका थिए ।

युवा फिल्मसले यसअघि कबड्डी , पुरानो डुङ्गा लगायतका फिल्म अमेरिकामा वितरण गरेको थियो ।

नेपालमा फिल्मको आधिकारिक अनुमति लिएर फिल्म निर्माण गर्ने चलन छैन । त्यसैले फिल्मले चोरीको आरोप पनि खेप्दै आएका छन् ।

युवा फिल्मसले अनुमति लिएर फिल्म निर्माण गर्न लागेको यो पहिलो हो । युनिटले कलाकार को को हुने भन्ने बारेमा भने कुनै जानकारी दिएको छैन ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ५ : ०७ बजे

मुस्ताङका च्याङ्ग्राको भुवा परीक्षण

म्याग्दी– मुस्ताङका कृषकले पालेका च्याङ्ग्राको भुवाको गुणस्तर परीक्षण गरिएको छ

जसपा विभाजन भएको छैन : प्रवक्ता सुमन

काठमाडौं– जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ ।

निर्वाचन आयोगमा दर्ता भयो अशोक राई नेतृत्वको जसपा

काठमाडौं – निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी

अनशनरत व्यक्तिहरूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आयोगकाे आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले तीनै तहका सरकारले समन्वय गरी

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं– पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा