घडेरी किन्दै हुनुहुन्छ भने यस्ता कुरामा ध्यान दिनुस् | Khabarhub Khabarhub

घडेरी किन्दै हुनुहुन्छ भने यस्ता कुरामा ध्यान दिनुस्


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज हामीले घडेरी किन्दा विचार पुर्‍याउनुपर्ने केही कुराहरु उल्लेख गरेका छौं । जुन घडेरी किन्न लागेका व्यक्तिका लागि उपयोगी बन्न सक्छ ।

यस्ता कुरामा ध्यान दिनुस्

१.कानूनी पक्ष

लालपुर्जा, ट्रेस नक्सा, ब्लूप्रिन्टसँग देखाईएको जग्गा हेर्न जाँदै हुनुहुन्छ भने त्यति नै बेला जग्गा धनीलाई भनेर त्यो जग्गाको लालपुर्जा, ब्लूप्रिन्ट वा ट्रेस नक्सा ल्याउनु भन्नुपर्छ र लालपुर्जा, ब्लूप्रिन्ट, ट्रेस नक्सा पनि सँगै देखाएर त्यो जग्गा हो कि होइन हेर्नुपर्छ । आफूले किन्न लागेको जग्गासँग जोडिएका कानूनी पाटोबारे निकै सचेत रहनुपर्छ ।

२. जग्गाको इतिहास बुझ्ने

त्यो जग्गा प्लाटिङ हो या त्यो जग्गामा को कसको हक अधिकार लाग्छ यदि एकलौटि अधिकार छ भने त्यो जग्गा धनीसँग पनि कुरा गर्नुपर्छ । यदि त्यो जग्गा धनीको अरु पनि व्यक्ति छन् भने उनीहरुको राजीखुसी छर छैन हेर्नुपर्छ । त्यस्तै त्यो जग्गामा अशंबण्डा लाग्छ कि लाग्दैन गुठीको हो रहोइन बुझ्नुपर्छ ।

या त सार्वजनिक पो हो की ? यी कुराहरु कानूनी पक्षको हो । यो कुराहरु आफैँले बुझ्न सक्नुहुन्न वा सम्भव छैन भने तपाईले जग्गा नाप्ने व्यक्तिलाई लगेर बुझ्न सक्नुहुन्छ ।

३. मापदण्डका पक्ष

बाटोको चौडाइ कति छ यसको मापदण्ड कति छ भन्ने कुरा एकिन गरी राम्ररी बुझ्नु पर्छ । न्यूनतम जग्गाको क्षेत्रफल हाम्रो ऐन कानून भए अनुसार लालपुर्जा मा साढे २ आना भन्दा कम छ भने त्यस्तो जग्गा नक्सा पास हुदैन त्यसैले आफुले किन्न लागेको जग्गाको क्षेत्रफल कति छ हेर्नुपर्छ ।

४. हाईटेन्सन लाइन

जग्गा हेर्दा हाईटेन्सन लाईन भए नभएकोबारे एकदमै विचार गर्नुपर्ने हुन्छ । आफूले किन्न लागेको जगगामा कुलो, खोला वा नहर छ कि छैन हेर्नुपर्छ ।

५. जग्गाको पक्ष

जग्गाको आकार, जग्गा कतै भिरालो खोचवाला जमिनमा पो छ कि हेर्नु पर्छ ।

६. पानी र ढलको निकास

आफूले किन्न लागेको जग्गामा पानी र ढलको निकास राम्ररी छ कि छैन रु पानीको मुहानबारे पनि यहि बेलामा सोच्नुपर्छ ।

७. मुलबाटोसँगको पहुँच

बाटो र जग्गा कति तल माथि छ । राजकुलो छ कि छैन हेर्नुपर्छ ।

८. जग्गाको मोहोडा

जग्गा कतातिर फर्केको छ रु आकार रप्रकृति यसको उपयोगिताको पाटोहरु पनि घडेरी किन्दा नै विचार पुर्‍याउनुपर्छ । सामाजिक पक्ष पनि हेर्नुपर्छ ।

९. वास्तुको पक्षको विश्लेषण

आफ्नो जग्गा वरपरको समुदाय, वास्तुको पक्ष पनि हेर्नुपर्छ ।

१०. शान्ति-सुरक्षा

गास, बास र कपास पछि सुरक्षा आउने गर्दा पनि त्यो घडेरीमा घर बनाउँदा आफ्नो परिवारको बालबालिका कत्तिको सुरक्षित हुन्छन् भन्ने कुरा एकदमै ध्यान दिनुपर्छ ।

होहल्ला हुने, झैझगडा हुने, काटमार र अशान्ति भएको एरियामा घडेरी नकिन्नुहोस्। आफूले किन्दै गरेको जग्गाको सबै कुरा थाहा भएपछि त्यो ठाउँको भविष्य कस्तो छ पनि आजै सोच्न सक्नुपर्छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ८ : ५४ बजे

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर

कक्षा १२ की परीक्षार्थीमाथि झापाको दमकमा गोली प्रहार

झापा- झापाको दमकमा एकजना विद्यार्थीलाई गोली हानिएको छ। शुक्रबार स्थानीय

डरत्राश देखाइ नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आराेपमा दुई जना पक्राउ

काठमाडौं– नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ

भारतको उत्तराखण्डमा डढेलो, बझाङका दुईजनाको मृत्यु

महेन्द्रनगर- भारतको उत्तराखण्डमा डढेलोमा परेर दुई जना नेपाली जनाको मृत्यु

विपद् व्यवस्थापनमा बजेट छैन भन्ने प्रवृत्ति अन्त्य गरौँ : गृहमन्त्री

काठमाडौं–  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनमासमेत बजेट छैन