नेपाली सेनाका अधिकृत थापा बेलायतमा सम्मानित | Khabarhub Khabarhub

नेपाली सेनाका अधिकृत थापा बेलायतमा सम्मानित


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– नेपाली सेनाका एक अधिकृतलाई बेलायतमा अन्तरराष्ट्रिय सम्मान प्रदान गरिएको छ ।

नेपाली सेनामा सेकेण्ड लेफ्टिनेन्ट रहेका धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका २१ वर्षीय पिटर थापा बेलायतमा सम्मानित भएका हुन् ।

बेलायतको स्याण्डहष्टस्थित सैनिक महाविद्यालयले थापालाई यस वर्षको सर्वोत्कृष्ट घोषणा गरी अन्तरराष्ट्रिय ‘तरबार’ पुरस्कारस्वरुप प्रदान गरेको हो ।

उक्त सम्मान कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी तथा अन्य कर्मचारीको समेत सहभागि भएका थिए ।

विश्वका विभिन्न देशका सैनिक अधिकृतसम्मिलित तालिममा थापा पहिलो बनेका हुन् । सैनिक महाविद्यालयमा अधिकृत क्याडेट तालिमबाट सर्वोत्कृष्ट भएपछि उनलाई सेकेण्ड लेफ्टिनेन्टमा पदोन्नति गरी नेपाली सेनाले तालिमका लागि बेलायत पठाएको थियो ।

थापा दुई वर्षअघि मात्र नेपाली सेनामा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ८ : ०० बजे

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।