आन्तरिक पर्यटक बढाउन मन्त्री भट्टराईको आग्रह | Khabarhub Khabarhub

आन्तरिक पर्यटक बढाउन मन्त्री भट्टराईको आग्रह


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोना महामारीका कारण पर्यटन भ्रमण वर्ष सफल नभएकाले आन्तरिक पर्यटक बढाउन सबै सरोकार पक्षलाई आग्रह गरेका छन् ।

गृहजिल्ला ताप्लेजुङमा स्थानीय तहको साताव्यापी अवलोकन तथा स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रमको पहिलो चरणको समापनका अवसरमा आज फुङ्लिङ नगरपालिकामा विभिन्न संघसंस्थाका प्रमुखसँग अन्तरक्रिया गर्दै उनले आगामी सन् २०२१ मा पनि बाह्य पर्यटक कम हुने देखिएकाले आन्तरिक पर्यटनवृद्धिका लागि प्रचार प्रसारमा जुट्न आग्रह गगरेका हुन ।

उनले ठूलै उत्साहका साथ आफू मन्त्री भएको तर कोरोनामा महामारीका कारण बनाइएका कतिपय योजना अपेक्षानुसार पूरा हुन नसकेको अनुभव सुनाएका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ९ : ४९ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम