चीनले ‘मुसलमानविरुद्ध दमन र अत्याचार’ गरेको भन्दै मुस्लिम समुदायद्वारा प्रदर्शन | Khabarhub Khabarhub

चीनले ‘मुसलमानविरुद्ध दमन र अत्याचार’ गरेको भन्दै मुस्लिम समुदायद्वारा प्रदर्शन


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका मुस्लिम समुदायले चीनले ‘मुसलमानविरुद्ध दमन र अत्याचार’ गरेको भन्दै देशका विभिन्न स्थानमा प्रदर्शन गरेको छ ।

उइगुर मुस्लिम समुदायमाथि चीनमा ‘दमन तथा शोषण’ भएको आरोप लगाउँदै जमीअत उलमाए नेपालकाे अगुवाइमा देशका विभिन्न स्थानमा विहीबार विरोध प्रदर्शन गरिएको हो ।

उनीहरुले काठमाडाैँ, भैरहवा, विराटनगर लगायतका ठाउँमा चिनियाँ दमनविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागिहरुले ‘चीनमा उइगुर मुस्लिममाथिको अत्याचार बन्द गर’, उइगुर मुस्लिमलाई स्वतन्त्रता देउ’, उइगुर मुस्लिमको मानवअधिकार बहाली गर जस्ता नारा लगाएका थिए ।

यसैबीच काठमाडौंमा उनीहरुले पुरानो बसपार्कबाट पद्मकन्या क्याम्पससम्म विरोध र्‍याली निकालेका थिए ।

उइगुर समुदायमाथि दमन गरेर जघन्य अपराध गरिरहेको चीनले मुस्लिम समुदायको संस्कृतिमाथि नै प्रतिबन्ध लगाउने काम गरेको जमीअत उलमाए नेपाल, काठमाडाैँका सल्लाहकार युनुस हमरले बताए ।

मुस्लिम समुदायका व्यक्तिहरु पनि शान्तिका पक्षधर रहेको उल्लेख गर्दै उनले अन्य धर्मका मानिसहरुजस्तै स्वतन्त्र रुपले बाँच्न पाउने अधिकारको ग्यारेण्टी गर्नुपर्ने माग गरे ।

बिहीबार नै उनीहरुले नेपालस्थित चिनियाँ दूतावास अगाडि धर्ना समेत दिएका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ७ : ४६ बजे

अदालतभित्रै श्रीमानले श्रीमती कुटे

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना