राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीको उपचार खर्च व्यहोर्ने सरकारको निर्णय | Khabarhub Khabarhub

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीको उपचार खर्च व्यहोर्ने सरकारको निर्णय


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना संक्रमित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केसीको सबै उपचार खर्च व्यहोर्ने निर्णय गरेको अर्थ मन्त्री विष्णु पौडेलले ट्वीटरमार्फत जानकारी दिएका छन्।

मन्त्री पौडेलले ट्वीटरमा लेखेका छन्- राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । आज सम्पन्न मन्त्रिपरिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु।’

केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो। ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेका केसीको उपचार खर्च अभाव भएको भन्दै चन्दा उठाउने चर्चा सुरू भएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ११ : ४२ बजे

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार