बहुमत सचिवालय सदस्यको दबाबपछि ओलीले शुक्रबारलाई डाके सचिवालय बैठक | Khabarhub Khabarhub

बहुमत सचिवालय सदस्यको दबाबपछि ओलीले शुक्रबारलाई डाके सचिवालय बैठक


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारूढ नेकपाका बहुमत सचिवालय सदस्यको दबाबपछि प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका छन्।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका पाँच नेताको दबाबपछि ओलीले शुक्रबार अपराह्न ४ बजे बैठक डाकेका हुन् ।

महासचिव विष्णु पौडेलका अनुसार दुई अध्यक्षको सहमतिमा शुक्रबार अपराह्न ४ बजे बालुवाटारमा बैठक बस्न लागेको हो ।

पार्टीभित्र विवाद चर्किएपछि सबै समस्या सामूहिक छलफलबाट टुंग्याउने भन्दै दाहालले ओलीलाई बैठकको प्रस्ताव गर्दै आएका थिए । तर, सहमतिपछि मात्रै बैठक राख्ने नत्र पार्टी नै फुटाउनेसम्मको चेतावनी ओलीले दिएपछि बहुमत सचिवालय सदस्यले बैठकको माग गरेका थिए ।

एकलौटीरूपमा राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध ल्याइएको अविश्वासको प्रस्ताव र ‘रअ’ प्रमुखसँग प्रधानमन्त्री ओलीले भेटेको भन्दै दाहाल-नेपाल पक्ष ओलीसँग असन्तुष्ट छ ।

सरकारले महत्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय प्रधानमन्त्री ओलीले पालना नगरेको दाहाल-नेपाल पक्षको आरोप छ ।

तर, पार्टी काममा केन्द्रित हुने पर्ने दाहालले सरकारले गर्ने स-साना काममा पनि हस्तक्षेप गर्न खोजेको ओली पक्षीय नेताहरू बताउँछन् ।

विवाद बढ्दै गएपछि ओली समूह सम्झौतामा फेरि अर्को संकट टार्ने कसरतमा छ भने दाहाल-नेपाल समूह ओलीकाविरूद्ध बहुमतबाट निर्णय गर्ने तयारीमा जुटेको छ ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ९ : ३९ बजे

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप– रामेछापका विभिन्न सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि