कतारमा वर्ल्ड कपलाई मध्यनजर गर्दै प्रहरीलाई भीड र ट्राफिक तालिम | Khabarhub Khabarhub

कतारमा वर्ल्ड कपलाई मध्यनजर गर्दै प्रहरीलाई भीड र ट्राफिक तालिम



दोहा- कतारको आन्तरिक मन्त्रालयले भीड र ट्राफिक कन्ट्रोल मेनेजमेन्ट कोर्सको स्नातक समारोहमा ट्राफिक महाविद्यालयका महानिर्देशालयमा विभिन्न विभागका निर्देशकहरूको उपस्थितिमा सम्पन्न गरेको छ ।

३१ प्रमाणित प्रशिक्षकहरूले प्रशिक्षण कोर्समा भाग लिएका थिए । उक्त प्रशिक्षण छ महिनासम्म सञ्चालन भएको मन्त्रालयले जनाएको छ । यो तालिम भीड तथा यातायात नियन्त्रण प्रबन्धन रूपरेखा भित्र आउँछ, जुन फिफा वर्ल्ड कप २०२२ तयारीको लागि लागू गरिएको मन्त्रालयले‍ जनाएको छ ।

पाठ्यक्रम ट्राफिक, उद्धार पुलिस, सार्वजनिक यातायात सुरक्षा र पुलिस प्रशिक्षण संस्थान बाहेक आन्तरिक मन्त्रालयका विभिन्न विभागहरूको सहयोगमा लेखवीया फोर्सका साथै अन्तर्राष्ट्रिय सार्वजनिक यातायात संघ र लाइसेम अन्तर्राष्ट्रिय प्रशिक्षणका अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोगमा सञ्चालन गरिएको थियो।

सहभागीहरूले ट्राफिक ब्यवस्थापन, ड्राइभरहरूलाई निर्देशन, यातायात भीडको प्रबन्ध, भीड मनोविज्ञान, सार्वजनिक यातायातको सुरक्षा गर्ने र सवारी साधनहरूमा भीडलाई निर्देशन दिने, विभिन्न परिदृश्यहरू र व्यावहारिक अनु प्रयोगहरूको बारेमा ज्ञान हासिल गरेका छन् ।

यो फिफा वर्ल्ड कप २०२२ को समयमा भीडलाई ब्यबस्थापन गर्नका लागि उच्च योग्य कार्यकर्तालाई प्रशिक्षण दिने कोर्सको उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।

२०१९ मा शुरू भएको तीन बर्षे प्रशिक्षण कार्यक्रमको ढाँचामा आउँछ र आन्तरिक मन्त्रालयका विभिन्न विभागका १२७६ सदस्यहरुलाई प्रशिक्षण दिने लक्ष्य राखेको जनाएको छ ।

समारोहको अन्त्यमा, यातायात महानिर्देशक ब्रिगेडियर मुहम्मद अब्दुल्लाह अल-शाहवानी र प्रहरी प्रशिक्षण संस्थानका निर्देशक लेफ्टिनेंट कर्नल अली सौद अल-हन्जाबले स्नातक अधिकारीहरुलाई प्रमाणपत्र दिएका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १० : ५२ बजे

रसिया–युक्रेन युद्ध : एक घाइते रोल्पालीको बकपत्र

मेरो घर रोल्पाको लुङग्री गाउँपालिकामा पर्छ । उमेरले म ४४

मधेस प्रदेश लोसपा सांसदीय दलका नेता शर्मा निलम्बित

जनकपुरधाम –  लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अभिराम शर्मालाई निलम्बन

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

काठमाडौँ–  काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले

६ जना सचिवको सरुवा गर्ने मन्त्रिपरिषद्‌‌को निर्णय

काठमाडौं – सरकारले ६ जना सचिवको सरुवा गरेको छ। बिहीबार

पर्याप्त सुधार गरेर आगामी बजेट ल्याउने तयारीमा छौँ : अर्थमन्त्री पुन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले पर्याप्त सुधार गरेर आगामी वर्षको बजेट