सुनसरीका संक्रमितको विराटनगरमा मृत्यु | Khabarhub Khabarhub

सुनसरीका संक्रमितको विराटनगरमा मृत्यु


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- सुनसरीका एक जना कोरोना भाइरस संक्रमितको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको छ ।

बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको नोबेल शिक्षण अस्पतालमा आज बिहान मृत्यु भएको हो ।

अस्पतालका व्यवस्थापक नारायण दाहालका अनुसार बिहान ६:५० बजेतिर मृत्यु भएको हो ।

उनको शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि आइतबार साँझ नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।

मृतक पुरूषमा मृगौला सम्बन्धी पूरानै समस्या पनि रहेको दाहालले जानकारी दिए ।

योसँगै नोबेल अस्पतालमा हालसम्म नौ संक्रमितको मृत्यु भएको दाहालले बताए ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ८ : २५ बजे

भोजपुरका विद्यालयमा ‘इ-लर्निङ सेन्टर’

टक्सार– सूचना प्रविधिमा अभ्यस्त बनाउँदै विद्यार्थीलाई पठनपाठन गराउने उद्देश्यले भोजपुरका

पुरुषभन्दा धेरै बाँच्छन् महिला, ३० वर्षमा साढे २१ वर्षले थपियो नेपालीको आयु

काठमाडौं- राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ को राष्ट्रिय जनगणनाका तथ्याङ्क र

पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र स्थापना गरौँ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा पूर्वीयदर्शनमा आधारित

वैशाख २६ अगाडि एमालेले सोडारीलाई विश्वासको मत नदिने

काठमाडौं–सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले वैशाख २६ गतेअगाडि विश्वासको

साताको पहिलो दिन नेप्से २४.५८ अंकले घट्यो 

काठमाडौं– साताको पहिलो काराेबार दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) २४.५८