चीनद्वारा नेपाललाई पाँच हजार थान 'टेन्ट' सहयोग | Khabarhub Khabarhub

चीनद्वारा नेपाललाई पाँच हजार थान ‘टेन्ट’ सहयोग


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले नेपाललाई पाँच हजार थान टेन्ट सहयोग गरेको छ ।

नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले ती टेन्ट नेपाललाई हस्तान्तरण गरेको जनाएकी छिन् ।

‘पाँच हजार थान टेन्टको चिनियाँ सहयोग नेपाली साथीहरुलाई सफलतापूर्वक हस्तान्तरण गरिसकेका छौं,’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्, ‘प्राकृतिक विपद र कोभिड–१९ को महामारीविरुद्धको लडाईंमा नेपाललाई सहयोग गर्नका लागि हामीले आफ्नो उत्कृष्ट प्रयास गर्नेछौं।’

चीनले यसअघि नेपाललाई कोरोना महामारीबिरुद्ध आवश्यक पर्ने पीपीई लगायतका स्वास्थ्य सामग्री र अन्य सहयोग पनि प्रदान गरेको थियो।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ८ : २२ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र