ईयूले नेपालसहितका दक्षिण एसियाली मुलुकका बाढी प्रभावितको सहयोगार्थ साढे १६ लाख यूरो दिने | Khabarhub Khabarhub

ईयूले नेपालसहितका दक्षिण एसियाली मुलुकका बाढी प्रभावितको सहयोगार्थ साढे १६ लाख यूरो दिने


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – यूरोपियन युनियन (ईयू)ले नेपाल सहितका दक्षिण एसियाली मुलुकमा बाढी -पहिरोबाट प्रभावित भएकाहरूलाई  साढे १६ लाख यूरो प्रदान गर्ने भएको छ ।

उक्त रकममध्ये प्रकोप प्रभावित नेपालीलाई खानेपानी, सरसफाई, आश्रयस्थल र अत्यावश्यक आधारभूत सामग्रीको व्यवस्थापनका लागि १५ लाख यूरो प्रदान गरिने जनाइएको छ।

गत मेमा भारत र बंगलादेशलाई तहसनहस पार्ने गरी चक्रवात अप्पन लगायतका प्रकोपबाट प्रभावित परिवारहरूलाई सहयोग पुर्‍याउन इयूले दक्षिण एशियाली राष्ट्रमा साढे १६ लाख यूरो उपलब्ध गराउने जनाएको हो ।

यसअतिरिक्त ईयूले यस बर्षको शुरुमा घोषणा गरेको १८ लाख यूरोसमेत समेत प्रदान गर्ने जनाएको छ ।

दक्षिण एशियामा यसवर्ष बाढीले करिब १ एक करोड ७५ लाख व्यक्तिलाई घरविहीन बनाएकाले उनीहरूलाई पुनःस्थापित गर्न सहयोग मिल्ने उद्देश्यसहित सहयोग गर्न लागिएको ईयूले उल्लेख गरेको छ ।

कूल रकममध्ये १० लाख यूरो बङ्गलादेशमा अत्यावश्यक मानवीय आवश्यकताहरूलाई सम्बोधन गर्न खर्चिने छ भने २० लाख भन्दा बढी मानिसहरूलाई खाद्यान्न सहयोग, पानी, सरसफाइ, र आपतकालिन आश्रयमा खर्च हुने जनाइएको छ ।

भारतमा खाद्यान्न तथा अन्य मानवीय सहायताका लागि पाँच लाख प्रयोग गरिनेछ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ६ : ३० बजे

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ