कोरोना परीक्षणको दायरा बढाउन सांसद यादवको माग | Khabarhub Khabarhub

कोरोना परीक्षणको दायरा बढाउन सांसद यादवको माग


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- प्रदेश-२ की प्रदेशसभा सांसद मञ्जु कुमारी यादवले पीसीआर परीक्षणको दायरा बढाउन प्रदेश सरकारसँग माग गरेकी छिन् ।

विश्वव्यापी रुपमा फैलिएको करोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विकास निर्माण भन्दा पनि पहिला पीसीआर परीक्षणको दायरा बढाउनु पर्ने आवश्यकता रहेको उनले जनाएकी हुन् ।

प्रदेश २ मा समुदायमा फैलिएको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि उच्च सुरक्षा सतर्कता अपनाउन समेत उनले स्थानीयलाई आग्रह गरेकी छिन ।

उनले प्रत्येक परिवारका एक सदस्यको पीसीआर चेकजाँचको व्यवस्था गर्नुपर्ने प्रदेश सरकारसँग माग गरेकी हुन् ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उनीहरुको उपचारका लागि आइसोलेशन तथा भेन्टिलेटरको व्यवस्था गर्न समेत माग गरेकी छिन् ।

सांसद यादबले कोरोना रोकथाम एवं नियन्त्रणका लागि अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मीको मनोबल बढाउन पीपीई सेट सहितका सुरक्षा सामाग्री र जोखिम भत्ताको व्यवस्था समेत गर्न माग गरेकी छिन ।

 

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ७ : १५ बजे

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले