कोरोना संक्रमणबाट जनकपुरका पूर्वमेयर गिरीको निधन | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट जनकपुरका पूर्वमेयर गिरीको निधन


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । होटेल रामाका सञ्चालकसमेत रहेका गिरीको उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ ।

उनको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । पारिवारिक स्रोतका अनुसार उनको मंगलवार राति १२ बजे मृत्यु भएको हो । अस्पतालले भने यसबारेमा अझै पुष्टि गरेको छैन ।

उनी मुटुसम्बन्धि रोग र उच्च रक्तचापबाट पीडित थिए । जनकपुरधाममा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो ।

पछिलो तीन सातादेखि उनले राजधानीको अस्पतालमा उपचार गराइरहेका थिए । ७२ वर्षीय गिरी वि.सं. २०४२ सालदेखि २०४६ सम्म जनकपुरका मेयर बनेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  १२ : ५९ बजे

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी

मस्को – रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला

सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो