गाईवस्तुमा पनि देखियो नयाँ भाइरस | Khabarhub Khabarhub

गाईवस्तुमा पनि देखियो नयाँ भाइरस

भेटेनरी डाक्टर भन्छन्- नेपालमा यसको औषधि उपलब्ध छैन



नवलपरासी- कोरोना भाइरस संक्रमणका कारण विश्वब्यापी महामारी भइरहेकाबेला गाईवस्तुमा पनि नयाँ भाइरस देखा परेको छ ।

पूर्वी नेपालको झापा जिल्लाबाट गाईबस्तुमा देखापरेको यो भाइरस अहिले गण्डकी प्रदेशका जिल्लाहरुमा पनि देखा परेको छ ।

कास्की, तनहुँ, नवलपरासीपूर्व तथा प्रदेश ३ को चितवनमा पनि गाईवस्तुमा नयाँ भाइरस देखा परेको छ ।

तनहुँको विभिन्न ठाउँका गाईवस्तुमा संक्रामक रोग देखापरेपछि काठमाडौ पठाई परीक्षण गर्दा ‘लम्पी स्क्रिन डिजिज’ नामको भाइरस देखा परेको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दमौलीका प्रमुख डा. बालकुमार श्रेष्ठले बताए ।

तनहुँको ब्यास नगरपालिका लगायत विभिन्न ठाउँमा देखिएको यो संक्रामक रोग अहिले नवपरासीपूर्वको जिल्लामा पनि फैलिएको श्रेष्ठले बताए ।

के हो लम्पी स्क्रिन डिजिज ?

विज्ञकेन्द्रका प्रमुख डा. श्रेष्ठकाअनुसार लम्पी स्क्रिन डिजिज खासगरी अफ्रिकामा मात्रै सीमित हुने रोग हो । यो पछि यूरोपका देशहरु हुँदै संसारका विभिन्न देशहरुमा फैलियो । यो संक्रामक रोग सन् २०१२ मा मध्यपूर्वी यूरोप हुँदै एशियामा पनि प्रवेश गरेको श्रेष्ठले बताए ।

गाईवस्तुमा लाग्ने यो रोग पछिल्लो समय बंगलादेशबाट भारत हुँदै नेपालको झापा जिल्लामा पहिलो पटक देखा परेको हो ।

एउटा बस्तुमा लागेपछि बथानमा रहेका अन्य गाईबस्तुमा यो भाइरस सजिलै सर्ने गरेको डा. श्रेष्ठ बताउँछन् ।

लामखुट्टे, झिँगा, किर्ना लगायतका किराहरुबाट रोग सर्ने गरेको पशु चिकित्सकहरु बताउँछन् । यो रोग लागिसकेपछि यसको ठोस उपचार नभएको पशुविज्ञ केन्द्र दमौलीका प्रमुख श्रेष्ठले बताए ।

चिकित्सककाअनुसार यो रोग लाग्दा गाईवस्तुमा १०४ डिग्रीभन्दामाथि ज्वरो आउने, आँखामा कचेरा लाग्ने, फिँज काढ्ने, घाँटी, पेट, कल्चौंडाको वरिपरि १० देखि ५० एमएमसम्मको गिर्खाहरु आउने जस्ता लक्षणहरु देखिने गर्छन् ।

गाईवस्तु आवतजावतमा प्रतिबन्ध

गाईबस्तुमा यो संक्रामक रोग लागेपछि विभिन्न जिल्लामा गाईवस्तुको एक जिल्लाबाट अर्को जिल्लामा आवतजावतमा रोक लगाइएको छ ।

पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको वडा नम्बर १४ र १७ मा ब्यापक रुपमा संक्रमण फैलिएको कासोती नगरपालिकाका पशुशाखा प्रमुख डा.टेकराज पौडेलले बताए ।

संक्रामक रोग फैलिन नदिन नगरपालिकाले सूचना नै प्रकाशित गरी गाईबस्तु ओसारपसारमा रोक लगाएको छ ।

यो रोग लागिसकेपछि गाई भैंसीको दूध उत्पादन घट्दै जानुका साथै बाँझोपना हुने तथा गर्भरहेको गाईबस्तुको गर्भ तुहिने समस्या हुने डा. श्रेष्ठ बताउँछन् ।

यो संक्रामक रोगबाट अहिलेसम्म ५ प्रतिशतसम्म मात्रै मृत्यु दर रहेको उनले बताए । गोठको सरसफाइमा ध्यान दिने तथा लामखुट्टे, झिँगा, किर्नाबाट बचाउनुपर्ने पशु प्राविधिकहरुको सुझाव छ ।

गाईभैंसीमा नयाँ संक्रामक रोग फैलिएपछि चितवनका विभिन्न पालिकाले किटनाशक औषधि छर्ने काम गरेको छ ।

चितवनको भरतपुर महानगरपालिका, कालिका नगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिकालाई प्रदेश कार्यालयले पठाएको औषधि वितरण अभियान चलाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  १० : ४० बजे

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर

कक्षा १२ की परीक्षार्थीमाथि झापाको दमकमा गोली प्रहार

झापा- झापाको दमकमा एकजना विद्यार्थीलाई गोली हानिएको छ। शुक्रबार स्थानीय

डरत्राश देखाइ नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आराेपमा दुई जना पक्राउ

काठमाडौं– नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ

भारतको उत्तराखण्डमा डढेलो, बझाङका दुईजनाको मृत्यु

महेन्द्रनगर- भारतको उत्तराखण्डमा डढेलोमा परेर दुई जना नेपाली जनाको मृत्यु

विपद् व्यवस्थापनमा बजेट छैन भन्ने प्रवृत्ति अन्त्य गरौँ : गृहमन्त्री

काठमाडौं–  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनमासमेत बजेट छैन