बेलायत पठाइदिने भन्दै युएई पुर्‍याएर अलपत्र, न्याय माग्दा कुटिए युवा | Khabarhub Khabarhub

बेलायत पठाइदिने भन्दै युएई पुर्‍याएर अलपत्र, न्याय माग्दा कुटिए युवा



दोहा : बैदेशिक रोजगारीमा जाने अधिकाम्स नेपाली श्रमिक दलालबाट ठगिने गरेको गुनासो आइरहेको बेला बेलायत पठाइदिने भन्दै युएई लगेर अलपत्र परेका दुई २ नेपालीलाई दलालले कुटपिट गरेका छन् ।

राम्रो कमाई हुने प्रलोभन देखाएर दलाललाई ठूलो रकम बुझाएर नेपालबाट मनोहर केसी र टीकाराम बोहोरा बेलायत हिडे तर उनीहरुलाई बेलायत नभई यूएईमा पुर्‍याएर अलपत्र परियो ।

आफूहरु अलपत्र पारेको तथा न्याय माग्दा उल्टै दलालबाट कुटिएको पीडित बोहोराले बताए । एक महिना तालिम लिएपछि बेलायत पठाईदिने भन्दै आफूहरुलाई यूएई ल्याइएको उनले बताए ।

बेलायत नपठाएसम्म युएईमै काम लगाईदिने भन्दै दलाल श्याम थापाले उनीहरुलाई आश्वासन दिएका थिए । उनले भनेअनुसारको काम नभएपछि गुनासो गर्दा उल्टै कुटपिट भएको बताए । बोहोराले भने, ‘हामीलाई भनिए अनुसारको केहि पनि भएन । हामीले न्याय माग्दा हामीलाई ठग्नेले उल्टै कुटे । हामी अब न्यायको खोजीमा छौँ ।’

कुटपिटपछि दलाल थापा फरार रहेको भन्दै पीडितहरुले युएईस्थित नेपाली दूतावास तथा एनआरएन युएईमा उद्दारको लागि निवेदन दिएको बोहोराले बताए ।

उनीहरु जस्तै थापाले अन्य ६३ जना नेपालीसँग पनि बेलायत पठाईदिने भन्दै भनेर प्रति व्यक्ति ९ देखि १० लाखसम्म लिएको पीडितहरुले बताएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  १० : ०८ बजे

इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं– नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक