कुवेतले ३ लाख ६० हजार आप्रबासी कामदार कटौती गर्ने, धेरै नेपालीको रोजगारी गुम्ने खतरा | Khabarhub Khabarhub

कुवेतले ३ लाख ६० हजार आप्रबासी कामदार कटौती गर्ने, धेरै नेपालीको रोजगारी गुम्ने खतरा



दोहा : कुवेत सरकारले संसदीय मानव संसाधन विकास समितिसँगको बैठकले जनसांख्यिकीय असंतुलनलाई सम्बोधन गर्न पूर्ण योजनाको रूपरेखा तयार गरेको छ ।

यस समितिलाई सामाजिक मामिला मन्त्री र आर्थिक मामिला राज्यमन्त्री मरियम अल-अकीलले प्रतिनिधित्व गरेका थिए भने समितिले यस हप्ताको अन्त्यसम्ममा प्रतिवेदन पेश गर्ने जनाएको छ ।

समितिले तयार पारेको प्रतिवेदनमा कुवेत सरकारले करिव ३ लाख ६० हजार आप्रावासि कामदारहरुलाई हटाउने तयारी गरेको छ । जस्मा अवैधानिक रूपमा बसेका १ लाख २० हजार आप्रबासी श्रमिकलाई हटाउने तयारी गरेको छ ।

यस्तै सीप नभएका १ लाख ५० हजार तथा ६० बर्ष भन्दा माथिका ९० हजार आप्रबासी काममदार रहेको जनाईएको छ । मध्यम र दीर्घकालीन समस्या समाधानका सवालमा जनसांख्यिकीय असन्तुलनलाई सम्बोधन गर्न सरकारले रणनीतिक दिशा निर्देशन र कार्यक्रमहरू तय गरेको जनाएको छ ।

कुवेत सरकारले गरेको यो निर्णयसँगै हजारौ नेपालीको रोजगारी गुम्ने खतरा बढेर गएको छ । कोरोनाका कारण अहिले कुवेतमा धेरै कम्पनी बन्द भएर कतिपय नेपाली विगत लामो समयदेखि स्वदेश फर्किने पर्खाइमा छन् ।

तर नेपाल सरकारले गरेको उद्दार उडानमार्फत धेरै नेपाली फर्किए पनि वास्तविक पिडित तथा पैसा नहुने अधिकाम्स नेपाली श्रमिक अझै कुवेतमै छन् । कुवेतमा विभिन्न क्षेत्रमा गरि करिव ५० हजार नेपाली श्रमिक कार्यरत रहेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ८ : १३ बजे

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा