उदयपुरका ३ वटा नगरपालिकामा भदौ ७ गतेसम्म निषेधाज्ञा | Khabarhub Khabarhub

उदयपुरका ३ वटा नगरपालिकामा भदौ ७ गतेसम्म निषेधाज्ञा


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमित फेला परेपछि तीन वटा नगरपालिका क्षेत्रमा भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

उदयपुरको बेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिका क्षेत्रभित्र साउन २७ गते बेलुकादेखि भदौ ७ गतेसम्म निषेधाज्ञा घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए ।

उदयपुरमा मङ्गलबार मालपोत कार्यालयका ६ जना कर्मचारीसहित १५ जनामा कोरोना पोजेटिभ देखिएपछि प्रशासनले यो कदम चालेको प्रजिअ पाण्डेले जानकारी दिए ।

खाद्यान्न पसल बिहान ९ बजेदेखि १२ बजेसम्म खुला रहने र अन्य सम्पूर्ण क्षेत्र बन्द हुने प्रशासनले जनाएको छ

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ५ : ४५ बजे

लोकतन्त्रप्रति जनताको भरोसा जगाउने उपयुक्त औजार सूचनाको हक़ : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा