एकताका लागि साझा र विवेकशीलले बनाए वार्ता समिति | Khabarhub Khabarhub

एकताका लागि साझा र विवेकशीलले बनाए वार्ता समिति


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साझा पार्टी र विवेकशील नेपाली दलले पुन: एकताका लागि वार्ता समिति बनाएका छन् ।

साझाले आइतबार बसेको केन्द्रीय समितिको अनलाइन बैठकले विचार मिल्ने पार्टी तथा समूहसँग एकीकरणका लागि भन्दै वार्ता समिति बनाएको हो । वार्ता टोलीमा समीक्षा बाँस्कोटा, केशव दाहाल, किरणकृष्ण श्रेष्ठ सदस्य छन् ।

बैठकका निर्णयबारे साझाका सहप्रवक्ता शरदराज पाठकले भने, ‘पार्टीले समान सोच भएका पार्टी, समूह र व्यक्तिहरुसँग एकीकरणको प्रक्रियाका लागि वार्ता समिति गठन गरेका छौं ।’

विवेकशीलले यसअघि नै ३ सदस्यीय वार्ता टोली बनाएको थियो । समितिमा रमेश पौडेल, निर्देश सिलवाल र रन्जु दर्शना छन् ।

पार्टी एकताका लागि आफूहरुले राखेको प्रस्ताव अस्वीकृत भएपछि साझाका केन्द्रीय सदस्यद्वय सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी परित्याग गरेका छन् ।

उनीहरुले विचार मिल्नेसँग एकता गर्न पार्टीमा संयोजकमात्रै राखेर अन्य संरचना भत्काउनु पर्ने प्रस्ताव राखेका थिए ।

आइतबारको केन्द्रीय समिति बैठकले उक्त प्रस्ताव अस्वीकृत गरेपछि आचार्य र खनालले पार्टी नै छाडेका हुन् । तर सहप्रवक्ता पाठकले आचार्यले पार्टी नत्यागेको र खनालले राजीनामा दिएको दाबी गरे ।

 

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  १० : ४७ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी