रातु खोलाको बाँध भत्किएपछि जलेश्वर जलमग्न (फोटोफिचर) | Khabarhub Khabarhub

रातु खोलाको बाँध भत्किएपछि जलेश्वर जलमग्न (फोटोफिचर)


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – लगातारको वर्षासँगै आएको बाढीले  रातु खोलाको बाँध भत्किँदा महोत्तरीको सदरमुकाम जलेश्वर जलमग्न भएको छ ।

बाढी गाउँमा पसेपछि सदरमुकाम जलेश्वर लगायत जलेश्वर नगरपालिकाका आधा दर्जन बढी वस्ती डुबानमा परेका छन्।

रानीरतवाराबाट पानीको बहाव जलेश्वर-९ रमैल, बजराही हुँदै जलेश्वर पसेपछि बस्ती डुवानमा परेको स्थानीयले बताएका छन् ।

बाढीका कारण मनरासिस्वा नगरपालिकामा हालसम्म १० वटा घरमा क्षति पुगेको छ । त्यतै जलेश्वर नगरपालिकामा एउटा र एकडार गाउँपालिकामा १ घरमा क्षति पुगेको छ ।

लगातारको वर्षाले नदी तथा खोलामा पानीक बहाब बढ्दा नदी किनाराका बस्तीहरुसमेत उच्च जोखिममा रहेका छन् ।

त्यसैगरी जलेश्वरसँगै जोडिएको मटिहानी नगरपालिकाको सिमरदही, बहुअर्वा, पासवान टोल लगायतको बस्ती पनि विगही खोलामा आएको बाढीले डुबानमा परेका छन् ।

बाढी वस्तीमा पसेर डुबान भएपनि मानवीय क्षति भने नभएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

बाढीको जोखिम बढेसँगै उद्धारका लागि जिल्ला विपद् व्यवस्थापन समिति तयारी अवस्थामा रहेको प्रजिअ कटुवालले जानकारी दिए ।

उनका अनुसार रानी रतवारास्थित भत्किएको तटबन्धमा पानी रोक्ने काममा नेपाली सेनाको टोली खटिएको छ ।

जिल्लास्थित विपद् व्यवस्थापन समितिका अनुसार जिल्लाका १९ हजार ७ सय ८८ घर र ८५ हजार मानिस बाढी र डुबानको जोखिममा रहेका छन् ।

बाढी बस्ती पसेसँगै जलेश्वर बर्दिबास सडकखण्ड अवरुद्ध भएको छ ।

तस्वीर-शुभम साह

 

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ९ : ११ बजे

बुवाँखोलाको पानी जन्तेढुङ्गामा निकालिने

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर

काठमाडौं–  काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित

खबरहबकर्मी शर्मालाई मातृशोक

काठमाडौं– खबरहबकर्मी राघव शर्मालाई मातृशोक परेको छ । छ महिनाअघि

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं– बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय