इंग्लिस प्रिमियर लिग फुटबल : वोल्भ्ससँग एभर्टन पराजित | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग फुटबल : वोल्भ्ससँग एभर्टन पराजित


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वोल्भ्स (वोल्भरहेमटन वन्डर्स) ले एर्भटनमाथि सहज जीत हात पारेको छ ।

वोल्भ्सको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली एभर्टन ३–० गोल अन्तरले पराजित भएको हो ।

खेलको पहिलो हाफमा थप गरिएको समयमा एभर्टनका खेलाडीले फाउल गर्दा वोल्भ्सले पेनाल्टी अवसर पाएको थियो ।

उक्त पेनाल्टी प्रहार गरेका राउल जिमेनिजले गोल गरेपछि पहिलो हाफ १–० गोल अन्तरले सकिएको थियो ।

दोस्रो हाफको दोस्रो मिनेट अर्थात् ४६ औं मिनेटमा वोल्भ्सका लेन्डर डेन्डोनकेरले गोल गर्दै टिमलाई २-० स्थितमा पुर्‍याए ।

त्यसैगरी ७४ औं मिनेटमा वोल्भ्सले थप एक गोल गरेको थियो ।  वोल्भ्सका डिओगो जोटाले टीमका लागि तेस्रो गोल गरेका थिए ।

जीतसँगै वोल्भ्सले ३५ खेलबाट ५५ अंक जोडेर अंक तालिकाको छैटौं स्थानमा छ । पराजित एर्भटन भने ४५ अंकसहित ११ औं स्थानमा छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ८ : १९ बजे

दक्षिणी ब्राजिलमा भीषण वर्षा, ५८ जनाको मृत्यु

काठमाडौं– ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण

सन्दीपबारे रचना रिमाल : दोषी भए सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ

काठमाडौं- आइतबार पनि उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा

यो हो मोबाइलको ब्याट्री चार्ज गर्ने सही तरिका

काठमाडौं–  पछिल्लाे समय अत्याधुनिक प्रविधि तथा अनगिन्ती फिचरहरु थपिँदै जाँदा

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

कोरियाका ३० कलाकार नेपालमा

काठमाडौं– चलचित्र लगायत कला क्षेत्रका लागि दक्षिण कोरिया संसारकै अब्बल