विपदमा जुट्न सांसदहरुलाई सभामुख सापकोटाको आग्रह | Khabarhub Khabarhub

विपदमा जुट्न सांसदहरुलाई सभामुख सापकोटाको आग्रह


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले बाढी-पहिरोको विपदमा परेका नागरिकहरुको उद्धार, राहत र पुनःस्थापनामा जुट्न सांसदहरुलाई आग्रह गरेका छन् ।

उनले विपत्तिमा परेका नागरिकको यथाशक्य छिटो उद्धार, राहत र पुनःस्थापनाका लागि एकजुट भएर लाग्न सम्बद्ध सबैमा अनुरोध गरेका छन् ।

“विपदबाट बच्ने उत्तम उपाय जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन, पूर्वतयारी गर्न, पूर्वसूचना प्रणालीको विकास र यसको उच्चतम् प्रयोग गरी विपदबाट बच्न र क्षतिको न्यूनीकरण गर्न हामीसँग उपलब्ध सबै खाले स्रोत, साधन र संयन्त्रको उच्चतम प्रयोग गर्न अनुरोध गर्दछु”, उनले जारी गरेको अपिलमा भनिएको छ ।

सरकारकातर्फबाट पूर्वतयारी, घाइतेको उद्धार तथा उपचार, राहत र विस्थापितको पुनःस्थापनाका लागि प्रयास भइरहेको उल्लेख गर्दै यस प्रयासलाई गुणात्मकरुपमा बढाउन जरुरी भएको बताइएको छ ।

सभामुख सापकोटाले तयारीलाई तीव्रता दिन, बेपत्ताको खोजी र अवरुद्ध हुन पुगेका सडक सञ्चालनका लागि विशेष अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

मनसुन जारी रहेकाले खासगरी जोखिममा रहेका भूभाग, नदी किनार, कटान तथा डुबान दोहोरिने क्षेत्रमा बसोबास गर्नुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई विशेष सतर्कता अपनाउनसमेत उनले अपिल गरेका छन् ।

सिन्धुपाल्चोकका २० सहित दर्जनौँ नागरिक बेपत्ता छन् । सयौँ घाइते छन् । मृत्यु र बेपत्ता हुनेको सङ्ख्या निरन्तर बढिरहेको छ ।

गुल्मी, सङ्खुवासभा, लमजुङ, काभ्रेपलाञ्चोक, रुकुम पश्चिम, गोर्खा, पर्वतलगायतका हिमाली र पहाडी जिल्लामा बाढी, पहिरा र डुबानका कारण ८०० हाराहारी परिवार विस्थापित हुन पुगेका छन् । तराईका जिल्ला जलमग्न भएका छन् । ती स्थानमा राष्ट्रिय, क्षेत्रीय र ग्रामीण सडक तथा पुलमा क्षति पुगेको छ । निरन्तरको वर्षाका कारण बाढी पहिराबाट एक महिनाभित्र देशका १९ जिल्लाका ८८ जना नागरिकको ज्यान गइसकेको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ५ स्थित जम्बु, खागदल, भोटकोशीको बुलकुटे, म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिका, कास्कीको सराङकोट, हेम्जा र पैतेडाँडा, जाजरकोटको बारेकोट गाउँपालिकामा बाढी र पहिराका कारण जनधनको ठूलो क्षति भएको छ ।

कोभिड–१९ का कारण उत्पन्न यस शताब्दीकै विषम परिस्थितिसँग जुध्दै गर्दा हामीलाई अर्को प्राकृतिक विपत्ति आइपरेको छ । यही असार २४ गते यताको निरन्तरको भारी वर्षाका कारण देशका अधिकांश जिल्लामा बाढी, पहिरो र डुबानले ठूलो मानवीय र भौतिक क्षति हुन पुगेको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ७ : ४२ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार