मृतक भनिएका भण्डारी जीवित भेटिए | Khabarhub Khabarhub

मृतक भनिएका भण्डारी जीवित भेटिए


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- पाल्पामा मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएका छन् ।

गुल्मी जिल्ला रुरु गाउँपालिका-५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका-१ अर्चलेमा जीवित अवस्थामा भेटिएको रिडीमा बसोबास गर्दै आएका चुरामणि तिमिल्सिनाले बताए ।

गुल्मी निवासी भण्डारी हाल रुपन्देही जिल्लाको मणिग्राममा सपरिवार बसोबास गर्दै आएका थिए । श्यामशरण घरमा पुर्‍याउँदा परिवार र आफन्तहरुको भीडभाड थियो ।

केही दिनअघि रुरु गाउँपालिकास्थित कालीगण्डकी नदी क्षेत्रमा पुरुषको लास भेटिएको थियो । पुरुषको लासलाई श्यामशरण लास भनी आफन्तले दाहसंस्कार गरेको आफन्तले जनाएका छन् ।

किरिया बसेको नौ दिनमा जीवित भेटिएपछि आफन्तहरु खुशी देखिएका छन् । पाल्पाका अर्चलेका भीष्मा पन्तले श्यामशरण जीवित भेटिएको जानकारी तिमिल्सिनालाई गराएका थिए ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ३ : ०४ बजे

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै

आजको मौसम : केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार