माइक्रोसफ्टले ल्यायो एकै पटक १ हजार जनासँग कुरा गर्न सकिने एप्स | Khabarhub Khabarhub

माइक्रोसफ्टले ल्यायो एकै पटक १ हजार जनासँग कुरा गर्न सकिने एप्स


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कोरोना भाइरसको महामारीपछि छुरी भएको भौतिक दूरीले विश्वभर भिडियो कन्फ्रेन्सिङ्ग एपको प्रयोग बढेको छ ।

तर, कतिपय कन्फ्रेन्सिङ्ग एप असुरक्षित भएको गुनासो बढिरहँदा माइक्रोसफ्टले एकदमै नयाँ विशेषतासहितको भिडियो कन्फ्रेन्सिङ्ग एप विकास गरेको छ ।

माईक्रोसफ्ट टिम्स नामको एपले भिडियो कलमा १००० सदस्यहरूलाई एकैपटक कुरा गर्न मिल्ने सुबिधा दिइएको छ।

यति मात्र होईन, यदि प्रयोगकर्ताले ठूलो स्तरमा भिडियो कलिङ्ग गर्नुपर्‍यो भने केवल भ्यू-ओन्ली अन्तर्गत २० हजार प्रयोगकर्ताहरूसँगै जोडिन सकिने समेत सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो एपले एकै पटक धेरै व्यक्तिहरूसँग जोडिदा कसले बोल्दैछ भन्ने कुराको अलमल हुन नदिन टूगेदर मोड भन्ने फिचर पनि राखेको छ ।

उक्त फिचरले समूहमा कुन सदस्यले बोल्दै छ भन्ने जानकारी गराउँछ । यसले प्रयोगकर्ताहरू माझ संवाद गर्न सजिलो बनाउँने दाबी गरिएको छ।

यस्तै प्रयोगकर्ताहरूलाई लाइभ भिडियो कलिंगको क्रममा इमोजी पठाउन पनि अनुमति दिइएको छ। यी इमोजीहरूमार्फत, तपाईंले कल गर्ने क्रममा प्रतिक्रियाहरू दिन सक्ने व्यवस्था गरिएको छ ।

जुम लगायतका एपलाई युरोपेली मुलुक, अमेरिका तथा भारत लगायतका देशले असुरक्षित रहेको भन्दै प्रयोगमा प्रतिबन्ध लगाएको बताइरहँदा माइक्रोसफ्टले भने एप असुरक्षित नरहेको जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  १२ : ३२ बजे

सुनकोसी मरिण डाइभर्सनको बाँकी काम समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा अभियान’

राक्सिराङका ७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई

मकवानपुर– मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा गरिबीका कारण ७ सय ६६

के आँखा अल्छी हुन्छ ?

काठमाडौं – आँखा हाम्रो महत्त्वपूर्ण अंग हो। यदि आँखाले नै

रफाह सीमा नाका इजरायलको कब्जामा

काठमाडौं– इजरायलले इजिप्ट र गाजा बीचको रफाह सीमा नाका कब्जा