उइगरमाथिको दमन नरोकिएपछि चीनविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता | Khabarhub Khabarhub

उइगरमाथिको दमन नरोकिएपछि चीनविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले सिन्जियाङ प्रान्तमा रहेका मुसलमान समुदायका अल्पसंख्यक उइगरहरुमाथि गरेको दमन र नरसंहारविरूद्ध अन्तर्राष्ट्रिय अपराध अदालतमा मुद्दा दर्ता भएको छ ।

दी न्यूयोर्क टाइम्सका अनुसार लन्डनमा रहेर वकालत गरिरहेका दुई उइगर अभियानकर्मी समूहले चीनविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गरेका हुन् ।

उनीहरुले दर्ता गरेको मुद्दामा अवैधरुपमा चीनले नियन्त्रणमा राखेका हजारौं उइगरहरुलाई रिहा गराउनुपर्ने माग राखिएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मानवता रक्षाका लागि हालिएको पहिलो मुद्दा रहेकोसमेत जनाइएको छ ।

मुद्दा दर्ता गराउनेमा इस्ट तुर्किस्तान गर्भरमेन्ट इन एक्जाइल (ईटीजीई) र द इस्ट तुर्किस्तान नेशनल अवेकनिङ मुभ्मेन्ट (ईटीएनएएम) रहेका छन् ।

चीनले लामो समयदेखि सिन्जियाङमा रहेका उइगरहरुलाई दमन गर्ने, आतंकवाद फैलाएको आरोपमा कारबाही गर्ने, महिलाहरुलाई बच्चा नजन्माउन दबाब दिने र अस्थायी गर्भनिरोधक सामग्रीको प्रयोगका लागि दबाब दिदै हजारौंलाई नियन्त्रणमा लिदै आएको थियो ।

बीबीसीले सन् २०१९ मा गरेको एक अध्ययनले चीनका उइगर बालबालिकालाई मुस्लिम बन्‍न नसकुन भनेर अभिभावक र परिवारबाट अलग गराउने अभियानसमेत चालेको खुलासा भएको थियो ।

दुईभन्दा कम बच्चा भएका महिलाहरुलाई अस्थायी साधन तथा गर्भ निरोधक प्रयोग गर्न लगाउने र गर्भपतन गराउनेसम्मका गतिविधिहरु गरिरहेको जनाइएको छ । पछिल्लो समय सिन्जियाङको जन्मदर ८४ प्रतिशतले घटेको जनाइएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय अधिकारवादी समूहले पनि चीनमा उइगर अल्पसंख्यक मानिसहरु दमनमा परेको प्रतिवेदन सार्वजनिक गरेका छन् ।

चीनले उइगर मुसलमानको अस्तित्व मेटाउन उनीहरुलाई धर्म त्याग गर्न लगाएको तथा उनीहरुलाई नियन्त्रणमा लिएर राखेको आरोप लागिरहँदा अमेरिकाले उच्च चिनियाँ राजनीतिज्ञलाई प्रतिबन्ध लगाइसकेको छ भने ‘उइगर ह्युमन राइट्स पोलिसी एक्ट २०२०’ कानून संसदबाट पारित गरेको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ११ : ४४ बजे

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार