थुनुवामा कोरोना देखियो, सुर्खेत प्रहरीको हिरासत सिल | Khabarhub Khabarhub

थुनुवामा कोरोना देखियो, सुर्खेत प्रहरीको हिरासत सिल


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- थुनावामा कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत सिल गरिएको छ।

बलात्कार आरोपमा पक्राउ परेका थुनुवामा असार २६ गते कोरोना पुष्टि भएपछि थुनुवा कक्ष सिल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कोरोना पुष्टि भएका थुनुवा असार १४ गते हाडनाता करणीको अभियोगमा पक्राउ परेका थिए।

उनलाई आइसोलेसनमा राखिएको छ। कोरोना संक्रमित पीडक, उनीबाट पीडित र पीडितका परिवारसहित सम्पर्कमा रहेको आफन्त तथा प्रहरीसहित २२ जनाको कोरोना परीक्षण गर्न स्वाब संकलन गरी प्रयोशालामा पठाइएको प्रहरीले जनाएको छ।

असार १४ गते पीडितको उजुरीका आधारमा पक्राउ गरेको उनलाई हिरासतमा राख्नु अघि आरडिटी गरिएको थियो। आरडिटी गर्दा उनमा कोरोना नेगेटिभ देखिएको थियो।

आरडिटी गर्दा नेगेटिभ देखिएपछि हिरासतमा राखेका बेला जिल्ला अदालतको आदेशपछि उनीसहित ६ जनाको २० पिसिआर परीक्षणका लागि स्वाब पठाइएको थियो।

तीमध्ये अरू पाँच जनामा भने कोरोना नेगेटिभ देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ११ : २७ बजे

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ

इलाम २ मा सुहाङ नेम्बाङ एक हजार मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १,