बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न कार्यकर्तालाई कांग्रेस नेता कोइरालाको आग्रह | Khabarhub Khabarhub

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न कार्यकर्तालाई कांग्रेस नेता कोइरालाको आग्रह


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा जुट्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

तीन दिन यता मुलुकभर भइरहेको भारी वर्षाले तीन दर्जनभन्दा बढी मानिसको मृत्यु, कयौँ बेपत्ता तथा घाइते र दर्जनौँ मानिस विस्थापित भइरहेका बेला नेता कोइरालाले पार्टी कार्यकर्तालाई उद्धार राहतमा जुट्न आग्रह गरेका हुन् ।

कोइरालाले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भनेका छन्, ‘अविरल बर्षाले देशका बिभिन्न जिल्लाहरू डुवानमा छन। जनधनको क्षति भइरहेको छ। मानिसहरूको मृत्यु भइरहेको छ, केही घाईते छन् र कैयौं बेपत्ता छन् । बिपदको समयमा कांग्रेस पार्टीका जिल्ला, क्षेत्र, नगर र गाउॅका साथीहरूलाई आफू सुरक्षित हुँदै प्रभावित स्थानहरुमा उद्धार तथा राहतमा जुट्न आग्रह गर्दछु।’

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ८ : ४७ बजे

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ

इलाम २ मा सुहाङ नेम्बाङ एक हजार मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १,

चीनले नेपालीलाई भिषा शुल्क नलिने

काठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने