बार्सिलोनासँग रियल भालाडोलिड पराजित, बार्सिलोनाको उपाधि होड कायमै | Khabarhub Khabarhub

बार्सिलोनासँग रियल भालाडोलिड पराजित, बार्सिलोनाको उपाधि होड कायमै


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – स्पेनिस ला लिगामा बार्सिलोनाले रियल भालाडोलिडलाई पराजित गरेको छ ।

शनिबार रातिको खेलमा बार्सिलोनाले भालाडोलिडको घरेलु मैदानमा १-० ले हराउँदै महत्त्वपूर्ण ३ अंक हासिल गरेको हो ।

बार्सिलोनाको जीतमा आर्टुरो भिडालले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भयो ।

कप्तान लिओनेल मेस्सीले चलाखीपूर्ण ढंगले पेनाल्टी क्षेत्र नजिकबाट दिएको फ्लिक पासलाई भिडालले १५औँ मिनेटमा गोल गरे ।

जीतसँगै बार्सिलोनाले ३६ खेलमा ७९ अंक बनाएको छ । एक खेल कम खेलेको रियल मड्रिडको ८० अंक रहेको छ । रियलले सोमबार हुने खेलमा ग्रानडाको सामना गर्दैछ ।

अबको खेलमा रियलले बराबरी खेलेमा उपाधि होड अझ बढी रोमाञ्चक हुनेछ । जीतसँगै बार्सिलोना पनि उपाधि होडमा कायमै छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ५ : ४८ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर