एकादेशको १० अर्बको कथा, कठै मेरो देशको व्यथा ! (फोटो फिचर) | Khabarhub Khabarhub

एकादेशको १० अर्बको कथा, कठै मेरो देशको व्यथा ! (फोटो फिचर)


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजधानी काठमाडौंसहित देशका विभिन्न ठाउँमा अहिले सरकारका विरुद्ध प्रदर्शन भइरहेको छ । केहिदिनदेखि काठमाडौंका विभिन्न ठाउँसहित प्रधानमन्त्री निवास बालुवाटरलगायतका क्षेत्रमा गरिएको प्रदर्शनमा सरकारले बल प्रयोग पनि गरेको छ ।

आज पनि काठमाडौंको बसन्तपुरमा युवाहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले सरकारले गरेको खर्चको विवरण माग गर्दै व्यंगात्मक शैलीका प्लेकाडसहित प्रदर्शन गरेका छन् ।

कोरोना नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्ब रुपैयाँको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै लेखिएको प्लेकाडमा ‘एकादेशको १० अर्बको कथा, कठै मेरो देशको व्यथा !’ लेखिएको छ ।

शत प्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, कोरोना महामारी नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् ।

बिहान १० बजेबाट एक घण्टासम्म प्रदर्शन गरिएको थियो । सरकारले जनताको आवाज नसुनेको, प्रहरीले शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेको, पीसीआर लागू नगरेको, क्वरेण्टीन मापदण्ड नअपनाएको भन्दै युवाहरु प्रदर्शनमा उत्रिएका हुन् ।

शुक्रबार नै ललितपुरको झम्सीखेलमा पनि प्रदर्शन भएको छ । शनिबार माइतीघरमा प्रदर्शन गर्ने र मङ्गलबार झम्सीखेलमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

युवाको सरकार विरोधी प्रदर्शन कस्तो रह्यो ? सरकारलाई खबरदारी गर्न बनाइएका प्लेकाडमा के के लेखिएका थिए ।

तस्वीरमा हेर्नुहोस् प्रदर्शन

 

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ८ : ०२ बजे

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई