सातदोबाटो खेल परिसर 'भद्रगोल', दोष लकडाउनलाई ! | Khabarhub Khabarhub

सातदोबाटो खेल परिसर ‘भद्रगोल’, दोष लकडाउनलाई !



काठमाडौं – १२९ रोपनी क्षेत्रफलको जग्गामा फैलिएको ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर अहिले सुनसान छ ।

सीमित कर्मचारी बाहेक अहिले त्यहाँ कोहि भेटिँदैनन् । कराते, बक्सिङ, सुटिङ र पौडीका मुख्य खेल स्थल रहेको सातदोबाटो परिसरमा अहिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारीबाहेक अन्यलाई प्रवेश निषेध छ ।

भित्र जान चाहनेलाई मुख्य गेटमा खटिएका सुरक्षा गार्डले राखेपको पत्र माग्छन् । नोबेल कोरोना भाइरस (कोभिड १९) को जोखिमसँगै सरकारले सामाजिक दुरी कायम गर्न भन्दै लकडाउन गरेदेखि त्यहाँ मानिसहरुको आउ–जाउ बन्द भएको त्यहाँ काम गर्ने एक कर्मचारीले बताए ।

यसअघि सातदोबाटोको पौडी पोखरी सञ्चालनमा हुँदा गर्मी मौसममा निकै भिड हुने गथ्र्यो । तर, अहिले नयाँ बनेको पौडी पोखरी सञ्चालनमा नआउँदै लकडाउन हुँदा यसपटक सुनसा नबनेको ती कर्मचारीले बताए ।

‘अहिले लकडाउन नहुने हो भने पौडी खेल्न आउनेको भिड हुन्थ्यो । बिहान–बेलुका खेलाडीहरु अभ्यासका लागि आउँथे,’ ती कर्मचारीले भने, ‘लकडाउनले गर्दा यो क्षेत्र पुरै सुनसान छ ।’

लकडाउनले परिषद् क्षेत्र सुनसानमात्रै होइन ‘भद्रगोल’ छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गर्दा जबजस्त सजाइएको सातदोबाटो परिसर अहिले कुरुप बन्दै गएको छ । सामान्य कुरामै लापरबाही हुँदा अन्तर्राष्ट्रिय खेलकुद परिसर फोहोर व्यवस्थापन गर्ने ठाउँ जस्तै बनेको छ ।

पानी पर्ने बित्तिकै सडकदेखिको भेल भित्र छिरेर जम्मा हुने, जताततै झार उर्मिएको, रुखले भवन छानामाथि कटेका, हिटिङ सिस्टमको स्वीमीङ पुलको सेफ्टीट्याङ्क फुटेको, पौडी पोखरीमा फोहोरले पौडी खेलिरहेको, सुटिङको हलमा परेवाको प्वाखदेखि उनीहरुले खेलेको, करातेको हलमा परेवाले विस्टदेखि सागमा प्रयोग भएका गमला अस्तव्यस्त छन् । अहिले सातदोबाटो खेलकुद क्षेत्र परिसर पुगे देखिने दृश्य पनि यही हो ।

‘यी सबै कुरा सामान्य नै हुन् । तर, यसले त्यो ठाउँको शोभा पक्कै घटाएको छ,’ राखेपका इन्जिनियर अरुण उपाध्याय भने, ‘लकडाउनले गर्दा सातदोबाटो जान पाइएको छैन । मेन्टिनेन्सका लागि बजेट अभावलगायतका कारणले केहि समस्या उत्पन्न भएको छ ।’

‘लकडाउनले गर्दा सातदोबाटो जान पाएको छैन । सरसफाइका लागि बजेट पनि छैन । अर्थमन्त्रालयसँग बजेट माग गरेका छौं,’ उपाध्यापले भने, ‘बजेट निकास हुने बित्तिकै सफाइको काम सुरु हुन्छ ।’

सातदोबाटोमा राखेपका कर्मचारी दैनिक पुग्ने गर्छन् । तर, त्यहाँको समस्या त्रिपुरेश्वरसम्म नआएको इन्जिनिर उपाध्यायको गुनासो छ । ‘सातदोबाटोमा हाम्रा कर्मचारीहरु छन् । तर, यस्ता कुरा उहाँहरुले हामीसामू भन्नु पर्ने हो भन्दैनन् तपाईहरुबाट सुन्नु पर्छ,’ उपाध्यायले खबरहबसँग गुनासो गरे ।

राखेप सदस्यसचिव रमेश कुमार सिलवाल केही दिन भित्रै खेलाडी अभ्यासमा फर्किने दाबी गरिरहेका छन् । यद्यपी उनले अहिलेसम्म अभ्यास गर्ने ठाउँको अवस्थाबारे जानकारी लिएको देखिँदैन ।

ओलम्पिकको छनोट खेल्ने पौडी, कराते, बक्सिङ र सुटिङका अभ्यासस्थल सातदोबाटो परिसरमै छन् । यी खेल स्थलमा खबरहबको टीम पुग्दा राखेपले अभ्यास सुरु गर्ने भने पनि खेल स्थलबारे नसोचेको पाइयो ।

पौडी पोखरी

मुख्य प्रवेशद्वार अगाडिको लङ कोर्ष पौडी पोखरी चिनियाँ कम्पनीले बनाएदेखि संचालनमा आएको छैन । त्यहाँको पानी अहिले फोहोर देखिन्छ । अब त्यहाँ पौडी सुरु गर्नु परे नयाँ पानी हाल्नु पर्ने पौडी संघका अध्यक्ष असोकरत्न बज्राचार्य बताउँछन् ।

सँगै जोडिएको हिटिङ सिस्टमको पौडी पोखरीको त कुरै छाडौं । सागमा काम चलाउ तरीकाले निर्माण सम्पन्न भएदेखि त्यहाँ कसैले फर्किएर हेरेको छैनन् ।

राखेपले सरसरफाइदेखि त्यसको व्यवस्थापनै गर्न सकेको छैन । निर्माण कम्पनी ड्रिलिङ एण्ड किराँतेश्वर कन्स्टक्सन प्रालीका केही कामदारहरु त्यहाँ अहिले पनि काम गरिरहेका छन् । ‘सागको बेला छुटेको कुराहरु बाँकी छ । उनीहरुले त्यो अहिले गरिरहेका छन्,’ राखेपका इन्जिनियर अरुण उपाध्यायले बताए ।

शौचालयको सेफ्टी ट्याङकी फुटेर हिटिङ सिस्टमको पौडी पोखरीको अगाडि पट्टीको भाग पुरै दुर्गन्धित बनेको छ । २० करोड भन्दा बढी खर्च गरेर बनाएको पौडी पोखरीको सेफ्टी ट्याङ्क ७ महिना नबित्दै फुटेको छ । सेफ्टी ट्याङ्कलाई ढलमा जोड्न नपाउँदा त्यस्तो भएको इन्जिनियर उपाध्याय बताउँछन् ।

‘सेफ्टी ट्याङकीबाट ढलमा जोड्न पाएको छैन । त्यसैले त्यस्तो भएको हो,’ इन्जिनियर उपाध्यायले भने, ‘त्यो ढलमा जोडेपछि ठीक हुन्छ ।’

कराते हल

परिसरमै रहेको करातेको अन्तर्राष्ट्रिय स्तरको हल खेलाडीको पर्खाइमा छ । सागको केही समय अगाडिमात्रै निर्माण सम्पन्न भएको कराते हलमा परेवाको रजाइ चलिरहेको छ । बाहिर मुख्य ढोकादेखि खेलाडीले अभ्यास गर्ने म्याटमा समेत परेवाले विस्ट्याएका छन् ।

करातेका प्रशिक्षक दिपक श्रेष्ठ सरकारको आधिकारीक निर्देशन पछि मात्रै अभ्यासमा फर्किने बताउँछन् । ‘अभ्यास सुरु गर्नु अघि हामी एक पटक पुरै सफा गछौं । यत्तिकै अभ्यासमा जानुभन्दा सरकारको आधिकारीक निर्णय कुरिरहका छौं,’ उनले भने ।

सुटिङ रेञ्ज

राखेप परिसरमै रहेको अर्को महत्वपूर्ण खेल स्थल हो, सुटिङ रेञ्ज । लकडाउन भरी बन्द रहेको सुटिङका खेलाडी ओलम्पिकमा वाइल्ड कार्ड इन्ट्रीका लागि सिफारिस भएका छन् ।

ओलम्पिकका लागि तयारी गर्नु पर्ने खेलाडी घरमा थन्किनु पर्दा सुटिङ रेञ्जमा भने परेवाले फोहोर बनाएको छ । सुटिङ रेञ्जमा हालिएको म्याटमा परेवाका प्वाखदेखि उनीहरुले गरेको फोहोर छ । राखेपमा सफा कर्मचारी भएपनि अहिले उनीहरुले काम गर्न सकेका छैनन् ।

बक्सिङ

नेपाल बक्सिङ संघको अभ्यासको सामग्री सबै सुटिङकै भवनको एक हलमा थन्काइएको छ । बक्सिङ रिङमा माकुराले जालो बुनको छ । खेल स्थलमा माकुराले जालु बुनिसक्दा खेलाडीहरु भने घरको कोठामा अभ्यास गर्न बाध्य छन्।

तेक्वान्दो

अन्तर्राष्ट्रिय खेलकुद परिषदभन्दा बाहिर सातदोबाटोमा रहेको महत्वपूर्ण खेल स्थल तेक्वान्दोको हल पनि हो । तेक्वान्दो संघले खेलाडीले अभ्यास गर्ने र खेल्ने हलको म्याटलाई व्यवस्थित तरिकाले एक कोठामा व्यवस्थापन गरेको छ । तेक्वान्दोका प्रशासनिक कर्मचारी नियमित त्यहाँ पुग्ने हुँदा अन्य खेल स्थल भन्दा व्यवस्थित छ।

लकडाउनले गर्दा सफाइ हुन सकेन – विभाग प्रमुख थापा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रशासन विभाग प्रमुख कुलबहादुर थापा लकडाउनले गर्दा सरसफाइमा समस्या भएको बताउँछन् ।

थापाका अनुसार राखेपमा सफाइ कर्मचारी १५– जनाभन्दा बढी छन् । तर, अहिले उनीहरुमध्ये केही लकडाउनले गर्दा घर गएकाले सरसफाइमा समस्या भएको थापा बताउँछन् ।

‘लकडाउनले गर्दा सफाइ कर्मचारी गाउँ फर्किएका छन् । अरु कर्मचारीलाई कुचो लगाउ भन्न पनि कठिन,’ थापाले खबरहबसँग भने, ‘सातदोबाटोमा ठूलो ठाउँ छ । त्यहाँ सफा गर्न एक–दुई जनाले हुँदैन धेरै कर्मचारी लाग्ने भएकाले लकडाउनले गर्दा समस्या भएको हो । अब असार १ देखि कर्मचारी काममा फर्किन सरकारको निर्देशन भएकाले काम हुन्छ ।’

 

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ११ : ३५ बजे

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं– नेपाल र वेष्ट इन्डिज ‘ए’ बीच पाँच खेलको शृंखला

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा ४६

वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिलो इनिङमा नेपालले फिल्डिङ गर्ने

काठमाडौं – वेस्ट इन्डिज ‘ए’विरुद्ध पाँचौं तथा अन्तिम खेलको पहिलो इनिङमा

युद्धविराम वार्ता गर्न हमासका प्रतिनिधि कायरो जाने

एजेन्सी – गाजापट्टीमा सक्रिय प्यालेस्टाइनी हमास समूहले इजरायलसँग युद्धविरामसम्बन्धी वार्ता

उद्यमशीलताको विकासबिना मुलुक समृद्ध बन्दैन : उद्योगमन्त्री

अछाम– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरूले उत्पादन