के अब कलाकारको पारिश्रमिक घट्ला ? | Khabarhub Khabarhub

के अब कलाकारको पारिश्रमिक घट्ला ?


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका कारण नेपाली फिल्म क्षेत्रको अवस्था झनै थिलोथिलो भएको छ । यसै पनि फिल्म चल्दा दर्शक नपाउने हलहरु यतिबेला बन्द गरिएका छन् । लकडाउनले सबैभन्दा बढी मार फिल्म सञ्चालकलाई परेको छ ।

वर्षभरि कलाकारहरु फिल्ममा गरेको अभिनयका कारण भन्दा बढी बढाइएको पारिश्रमिकका कारण चर्चामा रहन्थे । अनमोल केसी, प्रदीप खड्का र पल शाह सबैभन्दा महंगो पारिश्रमिक लिने कलाकार बन्ने होडबाजीमा लागिरहे ।

त्यस्तै कलाकार पूजा शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह लगायत पनि बढी पारिश्रमिक लिन चाहने कलाकारको दौडमा रहे । भलै महंगो पारिश्रमिक लिन कस्सिएका कुनै पनि कलाकारका फिल्मले व्यावसायिक सफलता हात पार्न सकेनन् । तर, उनीहरुले अर्को प्रोजेक्टका लागि महंगो पारिश्रमिक लिएको चर्चा चलिरह्यो ।

गतवर्ष अभिनेता अनमोल केसीले ५० लाखसम्म पारिश्रमिक लिएको खबर आयो । जबकि, उनले केही समययता हिट फिल्म दिन सकेका छैनन् । पूजा शर्माले पनि २० लाख हाराहारीमा एक फिल्ममा काम गर्न लागेको चर्चा चल्यो । त्यो फिल्मको चर्चा मात्र चल्यो । फिल्म बन्दै बनेन ।

यतिबेला भने कोरोना भाइरस र लकडाउनपछि कलाकारको पारिश्रमिक पनि घट्नुपर्ने फिल्मकर्मीले बताएका छन् । त्यसो त नेपालमा कलाकारले ५० लाख पारिश्रमिक लिएको डंका पिटाए पनि कतिले त फिल्मबाट पैसा नै नपाउने गरेका समाचार पनि बाहिरिन्छन् ।

नेपाली फिल्म मात्र होइन, फिल्मको मेकिङ पनि उस्तै अव्यवस्थित छ । जसले गर्दा राम्रा फिल्म बन्दैनन् भन्ने गरिन्छ । कलाकारले पारिश्रमिक महंगो लिए पनि उनीहरुको क्रेज समेत देखिँदैन ।

कोरोनाको यो प्रकोपपछि नेपालमा धेरै फिल्म बन्नेवाला छैनन् । धेरै फिल्म नबनेपछि केही कलाकार त बेरोजगार हुनुपर्ने अवस्था आउन सक्छ नै । अर्कातिर कलाकारले पारिश्रमिकमा पनि सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ ।

निकै सुस्त गतिमा विकास भइरहेको नेपाली फिल्म उद्योग कोरोनाका कारण केही समय झनै उल्झनमा परेकाले पनि कलाकारले पारिश्रमिकमा भन्दा बढी राम्रो फिल्म बनाउनमा दिनुपर्ने देखिन्छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ६ : १५ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।