संसदमा प्रि–बजेटमाथि छलफल– रोजगारी वृद्धि र कृषि क्षेत्रलाई प्राथमिकता दिन सांसदहरुको सुझाव | Khabarhub Khabarhub

संसदमा प्रि–बजेटमाथि छलफल– रोजगारी वृद्धि र कृषि क्षेत्रलाई प्राथमिकता दिन सांसदहरुको सुझाव


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरुले आगामी बजेटमा कोरोना भाइरसका कारणले परेको बहुपक्षीय असरबाट मुक्त हुने, आयातलाई प्रतिस्थापन गर्ने, रोजगारी वृद्धि र कृषि क्षेत्रलाई प्राथमिकता दिने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट)का सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफलमा भाग लिँदै सांसदहरुले रोजगारी प्रवर्द्ध गर्न उत्पादनमूलक साना तथा घरेलु उद्योग क्षेत्रलाई पनि बजेटले प्राथमिकता दिनुपर्ने बताए । राष्ट्रिय गौरव, रणनीतिक महत्व र स्थानीय तहका आयोजनालाई आवश्यक बजेट विनियोजन हुनुपर्ने सांसदहरुको भनाइ थियो ।

बैठकमा सांसद गणेशप्रसाद पहाडीले सरकारले जनताका बीचमा गरेको प्रतिबद्धताको मध्यवधि समीक्षा गर्न अर्थमन्त्रीलाई सुझाव दिँदै ती प्रतिबद्धता कार्यान्वयनका लागि शीर्ष राजनीतिक तहमा छलफल गरेर अघि बढ्न सुझाव दिए । सांसद अमरेशकुमार सिंहले कोरोनाका कारण लाखौँ मजदुर विदेशबाट फर्किने सम्भावना रहेको बताउँदै उनीहरुको रोजगारी र जीवनयापनका लागि आगामी बजेटमा प्राथमिकता दिनुपर्ने बताए ।

सांसद डा नारायण खड्काले कोरानाका कारण खस्केको अर्थतन्त्रलाई माथि उकासेर चलायमान बनाउन आवश्यक कार्यक्रम ल्याउन र स्वास्थ्य तथा अर्थतन्त्रलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । राजबहादुर बुढाले कोरोना सङ्क्रमण फैलिएको परिस्थितिलाई आगामी बजेटमा सातै प्रदेशमा सुविधासम्पन्न ठूला अस्पताल स्थापना गर्ने अवसरका रुपमा लिनुपर्ने बताए ।

सांसद तेजुलाल चौधरीले स्वास्थ्य र कृषि र भौतिक पूर्वाधारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । सांसद झपट रावलले स्वदेश फर्कने नेपाली नागरिकलाई उचित सावधानीका साथ बजेटमा व्यवस्था हुनुपर्ने बताए । सांसद गगनकुमार थापाले कोरोना सङ्कटको यस विषम परिस्थितिमा सरकारले जनतामा उत्साह जगाउने बजेट ल्याउनुपर्ने धारणा व्यक्त गरे ।

सांसद रेखा शर्माले पुरानो शैली र परम्परागत ढर्राले बजेटले यो सङ्कटलाई सम्बोधन गर्न नसक्ने भन्दै समयानुकूल वस्तुस्थिति बुझेर अहिलेको सङ्कट समाधान गर्ने बजेट ल्याउनुपर्नेमा जोड दिइन् । सांसद मीनबहादुर विश्वकर्माले बजेटमा कृषि र उद्योगलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए ।

बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमाथिको छलफलमा जारी छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ४ : ३३ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर