सत्तारुढ नेकपाले बुधबारका लागि बोलायो स्थायी कमिटी बैठक | Khabarhub Khabarhub

सत्तारुढ नेकपाले बुधबारका लागि बोलायो स्थायी कमिटी बैठक


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार बिहान ११ बजे बस्ने गरी स्थायी कमिटीको बैठक बोलाएको छ ।

नेकपाका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बुधबार बिहान ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने गरी पार्टी स्थायी कमिटीको बैठक बोलाइएको जानकारी दिए ।

‘भोलि (बुधबार) बिहान ११ बजे पार्टी मुख्यालयमा पार्टी स्थायी कमिटी बैठक बस्ने भन्ने सूचना आएको छ,’ गजुरेलले खबरहबसँगको कुराकानीमा भने ।

सरकारले केही हप्ता अगाडि २ वटा अध्यादेश ल्याएपछि पार्टीमा विवाद बढेको सन्दर्भमा नेकपाका २० जना स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटी बैठक बोलाउन २ जना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)लाई ज्ञापन पत्र बुझाएका थिए ।

जसअनुसार वैशाख २० गते (शनिबार) बसेको पार्टी सचिवालय बैठकले २५ गते (बिहीबार) स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।

२५ गते बस्ने भनिएको स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न भनेर अघिल्लो दिन बुधबार अपराह्न सचिवालय बैठक समेत बसेको थियो ।

तर, सचिवालय बैठकमा विवाद बड्दा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली बैठकको बीचमैउठेर हिँडेपछि बैठक बिना निष्कर्ष सकिएको थियो ।

बुधबारको सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक र बैठकका कार्यसूचीका सम्बन्धमा निर्णय गर्ने जिम्मा २ अध्यक्षलाई दिएको थियो ।

सचिवालय बैठक सकिएपछि २ अध्यक्ष ओली र प्रचण्डबीच छलफल भएको थियो ।
अध्यक्षद्वयको छलफलमा नै बिहीबारदेखि शुरु हुने स्थायी कमिटी बैठक स्थगित गर्ने सहमति भएको थियो ।

नेकपा अध्यक्ष प्रचण्डले एजेन्डाको विषयमा गृहकार्य नपुगेको भन्दै बैठक स्थगित भएको जानकारी दिएका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  २ : ०० बजे

कान्तिलोकपथमा आजदेखि १३ घण्टा यातायात सञ्चालनमा

बागमती– कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा-काठमाडौँ जोड्ने सडक आज बिहानदेखि दैनिक १३

इलाम २ मा डम्बर र सुहाङको मतान्तर २८ मा झर्‍यो

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २

मासिक ६० लाख अफगानीलाई विश्व खाद्य कार्यक्रमद्वारा सहयोग

काबुल– अफगानिस्तान मानवीय संकटसँग लडिरहेको बेला विश्व खाद्य कार्यक्रमले त्यहाँ

फाकफोकथुमको रस्साकसी : कांग्रेस र एमालेलाई पुरानो जनमत जोगाउन हम्मे

इलाम – नेपाली कांग्रेस र नेकपा एमाले दुबैको समानान्तर शक्ति

बझाङमा एमालेको अग्रता यथावत, कांग्रेसलाई माओवादीले उछिन्यो

  बझाङ–बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका