भारतमा आजदेखि रेल सेवा चालु हुँदै | Khabarhub Khabarhub

भारतमा आजदेखि रेल सेवा चालु हुँदै


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  लकडाउनका कारण बन्द भएको भारतको रेल सेवा आजदेखि फेरि चालु हुँदैछ ।

कोरोना भाइरसको महामारीका कारण झण्डै दुई महिनाअघि बन्द गरिएको रेल सेवा आजदेखि चालु हुन लागेको हो ।

भारतीय सञ्चारमाध्यहरुका अनुसार आज अपराह्न ४ बजे नयाँ दिल्लीबाट बिलासपुरका लागि पहिलो रेल छुट्ने छ । त्यसलगत्तै अरू विभिन्न समयमा १४ वटा रेल विभिन्न गन्तव्यका लागि छुट्नेछन् ।

नयाँ दिल्लीबाट अगरताला, होरह, पटना, विलासपुर, राँची, भुवनेश्वर, सिकन्दरावाद, बैंगलुरू, चेन्नाइ, थिरूवानानुथपुरम, मदगाउँ, मुम्बई सेन्ट्रल, अहमदावाद र जम्मु तावीका लागि रेलसेवा उपलब्ध हुने बताइएको छ।

यात्रा गर्नुअघि ती सबै रेलवे स्टेसनमा यात्रुहरूको स्वास्थ्य जाँच गरिने छ । स्वास्थ्य परीक्षणमा कोभिड १९ को कुनै लक्षण देखिएमा उनीहरुलाई रेलमा प्रवेश गर्न दिइने छैन ।

सबै यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने पनि जनाइएको छ । रेल सेवा चालु हुने जानकारी पाएलगत्तै सोमबारदेखि अनलाइन बुकिङ सुरू भएको छ ।

भारतका रेलवे मन्त्री पियुष गोयलले मंगलबारदेखि रेलवे पुनः सञ्चालनमा आउने जानकारी दिएलगत्तै सोमबार अपराह्न ४ बजेदेखि अनलाइन बुकिङ सुरू भएको हो ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै रेलवे सेवाका काउन्टरहरूबाट भने टिकट किन्न रोक लगाइएको छ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ७ : २७ बजे

तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी (भिडियोसहित) 

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप– रामेछापका विभिन्न सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै