इन्टरनेट छैन, अफलाइनमा पनि यसरी हेर्न सकिन्छ यूट्यूबको भिडियो | Khabarhub Khabarhub

इन्टरनेट छैन, अफलाइनमा पनि यसरी हेर्न सकिन्छ यूट्यूबको भिडियो


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यूट्यूब भिडियो हेर्नका लागि इन्टरनेटको कनेक्सन भइराख्नै पर्ने बाध्यता हटेको छ ।

धेरै मानिसहरूले अनलाइनमा भिडियोहरू हेर्न यूट्यूब भिडियोको प्रयोग गर्ने गर्छन्, तर बफरिङले हैरान भएका धेरैजसो मानिसहरुमा युट्यूब भिडियो डाउनलोड गरेर हेर्ने आदत बसेको छ ।

तर यूट्यूवले केही समयदेखि दिएको भिडियो डाउनलोड गर्ने अप्सनले यूट्यूवमै  भिडियोहरू अफलाइन हेर्न सकिने भएको छ ।

कुनै पनि भिडियो अफलाइन डाउनलोड गर्न, सबैभन्दा पहिले प्रयोगकर्ताले भिडियोको तल भएको डाउनलोड अप्सनमा क्लिक गर्नुपर्छ ।

भिडियोको तल भागमा डाउनलोड लेखिएको स्थानमा क्लिक गरेपछि, तपाईंको नोटिफिकेसन बारमा भिडियो डाउनलोड गर्नको लागी एक सूचना देख्नुहुनेछ। जहाँ तपाईंले कति भिडियो डाउनलोड गरिएको छ भनेर सजिलैसँग हेर्न सक्नुहुन्छ।

डाउनलोड भएको भिडियोबारे थाहा पाउनुपर्ने कुरा

  • डाउनलोड गरेको भिडियो स्मार्टफोनको स्टोरेजमा नै बस्नेछ र त्यो यूट्यूब लाइब्रेरीमा देखिन्छ । तर डाउनलोड गर्नका लागि भने तपाईँको स्मार्टफोनमा इन्टरनेट कनेक्सन भएको हुनुपर्दछ । त्यस्तै स्मार्टफोनमा डाउनलोड भएको भिडियो अट्नसक्ने स्टोरेज पनि हुनुपर्नेछ ।
  • उक्त भिडियो हेर्न यदि तपाईंसँग इन्टरनेट कनेक्सन छैन वा तपाईं अफलाईन हुनुहुन्छ भने यस्तो अवस्थामा तपाईँले पहिले नै डाउनलोड गरिएको भिडियोहरु सजिलैसँग हेर्न सक्नुहुनेछ ।यस्तो बेलामा इन्टरनेट कनेक्सन आवश्यक पर्दैन् ।
  • यूट्यूबमा भएको लाइब्रेरी सेक्सनमा क्लिक गरेपछि, तपाईँले पहिले नै डाउनलोड गरेर सुरक्षित गरिएका भिडियोहरूको सबै सूची देख्नुहुन्छ। जहाँबाट यी भिडियोहरू सजिलै तपाईँ अफलाइन भएको समयमा पनि हेर्न सक्नुहुनेछ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ६ : ०९ बजे

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको