वर्ष २०७६ केकीका लागि सुखद | Khabarhub Khabarhub

वर्ष २०७६ केकीका लागि सुखद


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका केकी अधिकारीको यो वर्ष सफल रह्यो । उनले अभिनय गरेको फिल्म ‘छ माया छपक्कै’ सुपरहिट भयो । उनले फिल्ममा गरेको अभिनयको पनि तारिफ भयो ।

फिल्म पाएर पनि चर्चा नपाउने केकीले यो वर्ष धेरै चर्चा पाइन् । ‘कोहलपुर एक्सप्रेस’ चोरी गरेर बनाएको भन्दै केकीलाई नै गाली गर्ने दर्शकले पनि उनको तारिफ गरे ।

निर्माताका रुपमा पनि केकी यो वर्ष सफल रहिन् । उनको समेत लगानी रहेको रियालिटी शो ‘कमेडी च्याम्पियन’ ले पनि चर्चा दिलायो ।

त्यसो त केकीले अभिनय गरेको ‘रातो गलबन्दी’ फिल्मको चर्चा भएन । यो फिल्म हलमा रिलिज भएको समेत दर्शकले पत्तो पाएनन् । यद्यपि यो वर्ष केकीले असफलताभन्दा सफलता पाएकी छिन् ।

महिला हिंसाका बारेमा आवाज उठाउने नायिका भनेर चिनिएकी केकीले यो वर्ष एक बैंकको विज्ञापन र ‘घाँटीभन्दा तल’ बोलको गीत सामाजिक सञ्जालमा शेयर गरेपछि विवादमा तानिइन् ।

र, पनि वर्ष २०७६ केकीका लागि उपलब्धीपूर्ण रह्यो । उनले मोडलिङ गरेका म्युजिक भिडियोको पनि चर्चा भयो । यस वर्ष केकी व्यक्तिगत जीवनका कारणभन्दा बढी फिल्मी करिअरका कारण चर्चामा रहिन् ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ६ : ५७ बजे

काठमाडौंमा वायु प्रदूषणको कहर (तस्बिरहरू)

काठमाडौं – काठमाडौं आज फेरि वायु प्रदूषणको विश्वकै पहिलो प्रदूषित

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

झापा– १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति

हराएका २४ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

काठमाडौं– विभिन्न मितिमा हराएका २४ दुईपाङ्ग्रे सवारी साधन खोजी गरी

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका

‘कसम, राम्रो छ- मनसरा ?’

काठमाडौं– झुटो बोल्यो कि साँचो भनेर पत्ता लगाउन हाम्रो सामाजमा