नेपालीमाथि खुकुरी प्रहार गर्न खोज्ने ४ जना चिनियाँ काठमाडौंबाट पक्राउ | Khabarhub Khabarhub

नेपालीमाथि खुकुरी प्रहार गर्न खोज्ने ४ जना चिनियाँ काठमाडौंबाट पक्राउ


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली होटल व्यवसायीलाई खुकुरी प्रहार गर्न खोज्ने ४ जना चिनियाँलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको ठमेल क्षेत्रका नेपाली होटल व्यवसायीलाई खुकुरी प्रहार गर्न खोज्ने ४ जना चिनियाँलाई पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त दरबारमार्ग स्रोतले खबरहबलाई जानकारी दियो ।

स्रोतका अनुसार मंगलबार साँझ ठमेलमा होटल सञ्चाल गर्दै आएका चिनियाँहरुले ग्राहक बोलाउने विषयलाई लिएर नेपाली होटल व्यवसायीसँग विवाद गरेका थिए ।

विवादले झगडाको रुप लिएपछि चिनियाँहरुले नेपाली होटल व्यवसायीमाथि खुकुरी प्रहार गर्न खोजेका थिए । स्थानीयहरुले प्रहरीलाई खबर गरेपछि ४ जनालाई पक्राउ गरिएको थियो ।

पक्राउ परेका चारै जना चिनियाँविरुद्ध अभद्र व्यवहारको मुद्दामा अनुसन्धान शुरु गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  १२ : २६ बजे

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

पञ्जाबविरुद्ध हैदराबाद चार विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तरगत आफ्नो लिग

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसद्अघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे