स्यानिटाइजरले हात धुदाँ मर्छन् कोरोनाका किटाणु ? | Khabarhub Khabarhub

स्यानिटाइजरले हात धुदाँ मर्छन् कोरोनाका किटाणु ?


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वभर कोरोनाको संक्रमण बढेसँगै नेपालमा पनि उच्च सर्तकता अपनाउन थालिएको छ ।

कोरोनाको संक्रमणबाट बच्न अधिकाशं मानिले मास्क र ह्याण्ड स्यानिटाइजरको प्रयोगमा जोड दिएका छन् ।

तर अहिले बजारमा ह्याण्ड स्यानिटाइजरको कालोबजारी शुरु भएको छ । बजार मुल्य भन्दा दोब्बर तेब्बर मुल्यसम्म लिन थालिएको स्यानिटाइजरको मुल्य बारे सरकारले नियमन भने गर्न सकेको छैन ।

अधिकाशं औषधी पसलमा अभाव भएको स्यानिटाइजर पाइएको स्थानमा भने महंगो मुल्यमा बिक्रि हुदै आएको छ । तर स्यानिटाइजरको प्रयोगले कोरोनाको किटाणु मार्छ त ?

कुनैपनि रोगको सम्भावित किटाणुहरुलाई मार्नका लागि स्यानिटाइजरको प्रयोग गरिन्छ । तर कोरोनाको किटाणु मार्न स्यानिटाइजर भरपर्दो विकल्प भने होइन ।

चिकित्सकहरुका अनुसार स्यानिटाइजरको एक थोपाले हत्केलाका सबै किटाणुलाई मार्छ भन्ने सोच गलत हो । धेरैजसो स्यानिटाइजर ६० प्रतिशत अल्कोहलका साथ आउँछन् र कीटाणु पूरै मार्न यो पर्याप्त हुँदैन । साबुनले हात धुनु बढी राम्रो हो ।

स्यानिटाइजरमा अल्कोहलको मात्रा कम र ट्राइक्लोस्यानको मात्रा धेरै हुन्छ । ट्राइक्लोस्यान शक्तिशाली एन्टिब्याक्टेरियल एजेन्ट हो ।

तर ट्राइक्लोस्यानले रुघाखोकीमा एन्टीबायोटिकले काम गर्न सक्दैन । अल्कोहल भएका स्यानिटाइजरले सामान्य ब्याक्टेरियालाई सुपरबग बनाइदिन्छ । साथै स्यानिटाइजरले प्रयोगले खराब ब्याक्टेरियाका साथै राम्रो ब्याक्टेरियालाई पनि मारिदिन्छ ।

यो तपाईंको रोगप्रतिरोधक क्षमताका लागि पटक्कै राम्रो होइन । त्यसैले सम्भव भएसम्म समय समयमा हात धुनु नै प्रभावकारी विकल्प हो । यदि कारणवशं पटक पटक हात धुन सम्भव नभए मात्र स्यानिटाइजरको प्रयोग गर्ने विकल्पको रुपमा राख्नुपर्दछ ।

विशेषतः कसैसँग भेटेपछि वा खाना खानुअघि अनिवार्य हात धुनुपर्छ । कोरोनाको संक्रमण हात मिलाउँदा सर्ने भएकोले हात मिलाउन बन्द गर्नुपर्दछ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ८ : २७ बजे

मधेस प्रदेश चालु आर्थिक वर्षमा करिब १६ प्रतिशत बजेट मात्रै खर्च

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा करिब १६

डेडिकेटेड ट्रंकलाइन महसुल विवादमा आयोगको प्रतिवेदन

काठमाडौं– सरकारले उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीचमा पैदा भएको डेडिकेटेड

काठमाडौं शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेको छ ।

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।