काठमाडौं उपत्यकामा पुनः रात्रिकालीन बस सञ्चालनकाे तयारी | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा पुनः रात्रिकालीन बस सञ्चालनकाे तयारी


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिका क्षेत्र भित्र  पुनः रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनकाे तयारी थालिएको छ ।

सहरी यातायात सेवालाई थप प्रभावकारी बनाउन र नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी पाहुनालाई समेत थप सहज बनाउन काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनको तयारी थालिएको हो ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अगुवाईमा विभिन्न सरोकारवाला निकायसँग बुधबार यस विषयमा छलफल भएको हो ।

विगतमा २०६९ साल भदौ १ गतेदेखि काठमाडौँ महानगरपालिकाको केही आर्थिक अनुदानमा रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनमा आए पनि करीब १८ महिनापछि महासंघले सेवा बन्द गरेको थियो ।

अहिले स्थानीय तहमा जनप्रतिनिधि आएपछि रात्रिकालीन सेवालाई थप सहज बनाउँदै दीर्घकालिन रुपमा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सरोकारवालासँग छलफल भएको मेयर शाक्यले जानकारी दिए ।

मेयर शाक्यले सकेसम्म चैत्र १ गतेबाट नभए नयाँ वर्षको सुरुवातसँगै पहिलो चरणमा बेलुका ८ बजेदेखि ११ बजेसम्म सेवा सुरु गर्ने गरी कार्यदल नै गठन गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

मेयर शाक्यले सुरुमा व्यवस्थापनका लागि पर्ने आवश्यकता पूरा गर्न महानगरपालिका तयार रहेको भन्दै दीर्घकालिन सेवा दिने गरी योजना बनाएर ल्याउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई आग्रह गरे ।

मेयर शाक्यले प्रदेश सरकार र केन्द्र सरकार समेत सकारात्मक रहेको भन्दै यो सेवाले रात्रिकालीन व्यवसायको चहल–पहल बढ्ने र त्यसले पर्यटन वर्ष २०२० लाई पनि थप सहयोग पुग्ने बताए ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनप्रसाद हमालले पनि कार्यदल बनाएर विवाद नआउने गरी समाधानको बाटो खोज्न तयार रहेको भन्दै सेवा दीर्घकालिन गर्ने कुराको ग्यारेण्टी महासँघले गर्नुपर्नेमा जोड दिए ।

महानगरीय ट्राफिक महाशाखा रामशाहपथका प्रहरी उपरीक्षक राजकुमार बैदवारले पनि रात्रिकालीन व्यवसायलाई प्रर्वद्धन गर्न र सहरी सेवालाई थप प्रभावकारी बनाउन सेवा सञ्चालन गर्नुको विकल्प नभएको भन्दै आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १० : ४५ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम