राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने २५ व्यवसायी सम्मानित | Khabarhub Khabarhub

राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने २५ व्यवसायी सम्मानित


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने २५ जना उद्योगी व्यवसायीलाई सम्मान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित हुने व्यक्तिलाई सम्मानपत्र र राष्ट्रको महत्वपूर्ण परिचय पत्र प्रदान गरेका छन् । मुलुकको उत्पादन, रोजगारी, निर्यात, पर्यटन तथा विप्रेषण आयमा योगदान दिने व्यक्ति तथा संघ संस्थालाई सीआईपी प्रदान गरिएको हो।

सरकारले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले निर्यात क्षेत्र, लगानी क्षेत्र, रोजगारी सिर्जना, पर्यटन क्षेत्र, कर दाखिला र व्यावसायिक प्रतिनिधिमूलक संस्थाका ३ गरी कूल २५ जना व्यक्ति तथा संस्थालाई सम्मानित गरेको हो ।

उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले उनीहरुले देशका विशिष्ट व्यक्तिसंग औपचारिक भेटघाटको विशेष अवसर पाउने, विमानस्थलमा विशिष्ट कक्षमा लञ्चको व्यवस्था, वैदेशिक व्यापार मेलामा जान पाउने लगायतका अवसर पाउने अर्यालले बताए ।

सम्मानित हुनेमा रामचन्द्र संघई, दोर्जेग्लासेम लामा, राहुलमान शाक्य, सुर्य कुमार गुरुङ, रविन श्रेष्ठ, हरिकृष्ण बेदी, दियराज सापकोटा, युक्ति गोल्छा, पेम्बा दोर्जे, विश्वराज बस्नेत, मछिन्द्र पाण्डे, गौपी प्रसाद कँडेल, सुजन कुमार श्रेष्ठ, निमार्ण कुमार चौधरी, राजलक्ष्मी गोल्छा, दिपेश प्रधान, लिऊ शु कुवाङ, पवन कुमार गोल्याङ, चन्द्र प्रसाद ढकाल, सुर्यराज ढकाल, सुनिता शेर्पा, अक्ष गोल्याङ, भवानी राणा, राजेश कार्की श्रेष्ठ र शतिश कुमार मोर रहेका छन् ।

जसमध्ये चन्द्र ढकाललाई आईएमई मार्फत सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याएकोमा र भवानी राणालाई वाणिज्य क्षेत्रमा बढी निर्यात व्यापार गरे वापत उक्त सम्मानद्वारा सम्मानित गरिएको हो ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १० : ३० बजे

रसिया–युक्रेन युद्ध : एक घाइते रोल्पालीको बकपत्र

मेरो घर रोल्पाको लुङग्री गाउँपालिकामा पर्छ । उमेरले म ४४

लोसपा सांसदिय दलका नेता शर्मा निलम्बित

जनकपुरधाम –  लोकतान्त्रीक समाजवादी पार्टी नेपालका सांसद अभिराम शर्मालाई निलम्बन

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

काठमाडौँ–  काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले

६ जना सचिवको सरुवा गर्ने मन्त्रिपरिषद्‌‌को निर्णय

काठमाडौं – सरकारले ६ जना सचिवको सरुवा गरेको छ। बिहीबार

पर्याप्त सुधार गरेर आगामी बजेट ल्याउने तयारीमा छौँ : अर्थमन्त्री पुन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले पर्याप्त सुधार गरेर आगामी वर्षको बजेट