यो दिन जुर्‍यो आँचल र उदिपको बिहेको साइत | Khabarhub Khabarhub

यो दिन जुर्‍यो आँचल र उदिपको बिहेको साइत


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका आँचल शर्माले आफ्ना प्रेमी उदिप श्रेष्ठसँग फागुनमा बिहे गर्ने चर्चा त केही समयदेखि नै चल्दै आएको थियो । आँचलले उदिपलाई शुरुमा साथीभन्दा माथिको सम्बन्धमा भएको बताए पनि पछिल्लो समय भने उदिपसँग खुल्दै आएकी थिइन् ।

यो जोडीले फागुनमा बिहे गर्ने खबर बाहिर आएको थियो । फागुनमै बिहे हुने भए पनि कुन दिन बिहे गर्ने भन्नेबारे धेरैलाई थाहा थिएन ।

यसैबीच खबर आएको छ कि, आँचलले अब फागुन २९ गते बिहे गर्दैछिन् ।

स्रोतका अनुसार आँचल र उदिपको बिहेका लागि परिवारले पनि तयार थालेको छ ।

‘नाइँ नभन्नू ल ४’ बाट नेपाली फिल्म उद्योगमा डेब्यु गरेकी आँचलको मोडल तथा अभिनेता पल शाहसँग प्रेमसम्बन्धमा रहेको चर्चा चल्ने गर्थ्यो । तर आँचल र पलले भने आफूहरु प्रेममा रहेको कहिल्यै स्वीकारेका थिएनन् ।

यता आँचलले उदिपसँग एक वर्ष लामो प्रेमसम्बन्ध गाँसेपछि बिहे गर्न लागेकी हुन् ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १२ : ३५ बजे

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा