बार्सिलोनालाई धक्का, स्ट्राइकर डेम्बेले ६ महिना मैदानबाहिर रहने | Khabarhub Khabarhub

बार्सिलोनालाई धक्का, स्ट्राइकर डेम्बेले ६ महिना मैदानबाहिर रहने


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बार्सिलोनाका स्ट्राइकर उसमान डेम्बेले ६ महिना मैदान रहने भएपछि बार्सिलोनालाई धक्का लागेको छ ।

बार्सिलोनामा आवद्ध फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडी डेम्बेलेले गत साता अभ्यासको क्रममा चोटग्रस्त भएपछि ह्यामस्टिङको सफल शल्यक्रिया गरिएको थियो । शल्यक्रियासंगै डेम्बेले करिब ६ महिना मैदान बाहिर रहने भएका हुन ।

उनी सन् २०१७ मा बोरुसिया डर्टमण्डबाट ला लिगा च्याम्पियन बार्सिलोना आएका थिए । दुबै खुट्टामा चोट खेपेका उनले सबै प्रतियोगितामा यस सिजन ६३ वटा खेल गुमाएका छन ।

फ्रान्सले विश्वकप उपाधि जित्दा डेम्बेले टिमका सदस्य थिए । उनले आसन्न २०२० को युरो कप समेत गुमाउन सक्ने बताईएको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ९ : ०२ बजे

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार