फर्मासिस्ट विना औषधि पसल सञ्चालन, विभागले गर्‍यो शिलबन्दी | Khabarhub Khabarhub

फर्मासिस्ट विना औषधि पसल सञ्चालन, विभागले गर्‍यो शिलबन्दी


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था विभागले महोत्तरीको गौशालामा रहेका तीनवटा औषधि पसलमा सिलबन्दी गरेको छ ।

विभागको बीरगञ्ज मा रहेको शाखा कार्यालयले शनिबार गौशाला पोलिक्लिनिक, गौशाला सिटी हेल्थ केयर र दिव्य हेल्थ क्लिनिकमा सिलबन्दी गरेको हो ।

अनुगमनको क्रममा औषधि पसल अव्यवस्थित रहेको दर्ता नगरी सञ्चालन गरेको र फर्मासिस्ट विना नै औषधि पसल सञ्चालन गरेको पाइएकाले तीन औषधि पसलमा सिलबन्दी गरेको अनुगमनमा खटिएका फार्मेसी निरीक्षक दीपेन्द्रकुमार साहले बताए ।

औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जका फार्मेसी निरीक्षक डा. चन्देश्वर यादवको नेतृत्वमा गौशाला बजारस्थित औषधि पसलहरूमा अनुगमन गरिएकाे थियाे ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ५ : २५ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको