पहिलो जित हात पार्न फ्रेन्ड्सले थ्रीस्टारलाई हरायो | Khabarhub Khabarhub

पहिलो जित हात पार्न फ्रेन्ड्सले थ्रीस्टारलाई हरायो


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लब फ्रेन्ड्स क्लबसँग पराजित भएको छ । आइतबार भएको पहिलो खेलमा फ्रेन्ड्सले थ्रीस्टारलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्स क्लबका लागि वाग्नेर डे कार्मोले गोल गर्दै ललितपुरे क्लबलाई पञ्छाएका हुन् ।

उनले खेलको १३ औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै टिमलाई जित दिलाएका हुन् । खेलमा आफ्नो दबाब कायम गरेपनि थ्रीस्टारले गोल फर्काउन नसक्दा हार व्येहोर्नु पर्यो । थ्रीस्टारविरुद्ध फ्रेन्ड्सले खेल रक्षात्मक खेल्दै ३ अंक जोडेको हो ।

केही समय अगाडि थ्रीस्टारमा जोडिएका शिव सुवेशी र ओलेन्देरान हाज्मतले अग्रपंङ्ती सम्हाले पनि टोलीको हार भने जोगाउन सकेनन् ।

लिगमा पहिलो जित हात पारेको फ्रेन्ड्स क्लब ५ अंकसहित ११ औं स्थान उक्लिएको छ भने पराजित थ्रीस्टार क्लब १० अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  २ : २३ बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश