उपसभामुखबाट राजीनामा दिन अस्वीकार गरेकी शिवमाया बालुवाटार पुगिन | Khabarhub Khabarhub

उपसभामुखबाट राजीनामा दिन अस्वीकार गरेकी शिवमाया बालुवाटार पुगिन


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपाका शीर्ष नेताले बोलाएपछि उपसभामुख शिवमाया तुम्बाहाङ्फे बालुवाटार पुगेकी छन् ।

शनिबारको नेकपा सचिवालय बैठकले उपसभामुखको पदबाट राजीनामा दिन लगाएपछि उनले अस्वीकार गरेकी थिइन् । त्यसपछि आइतबार बिहान नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा छलफल गरेका थिए ।

छलफलपछि उनलाई बालुवाटार बोलाइएको नेकपा स्रोतले जनाएको छ । उनी बालुवाटर पुग्दा अध्यक्षद्वय ओली र प्रचण्ड, महासचिव विष्णु पौडेल, रक्षामन्त्री ईश्वर पोखरेल लगायतका नेकपाका शीर्ष नेता पनि बालुवाटारमा भेला भएका छन् ।

पार्टीको निर्णयलाई अस्वीकार गरेकी शिवमायाले शीर्ष नेतासँग छलफल गरी निर्णय लिने नेकपाका नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १२ : ३९ बजे

बायर लेभरकुजन : जसले एकै खेल नहारी जित्यो लिग, अझै दुई फाइनल खेल्दै

काठमाडौं- जर्मन बुन्डेस लिगा क्लब बायर लेभरकुजनले कुनै पनि खेलमा

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : पोख्रेल

दाङ– नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने

प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो

काठमाडौं– सहकारी ठगी प्रकरणको छानबिनका बारेमा गठन गर्न लागिएको संसदीय

भक्तपुर एमालेमा दोहोरिए बचन देउजा, महेश बस्नेतलाई धक्का

भक्तपुर- नेकपा एमाले भक्तपुरको अध्यक्षमा बचन देउजा दोहोरिएका छन् ।

नवलपरासीको बाघखोरलाई घरबास गाउँ घोषणा

नवलपरासी– नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती –१५, बाघखोरलाई घरबास गाउँ