नेकपाभित्रको ‘असहमति’ले प्रतिनिधिसभाको बैठक फेरि पनि स्थगित | Khabarhub Khabarhub

नेकपाभित्रको ‘असहमति’ले प्रतिनिधिसभाको बैठक फेरि पनि स्थगित


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज (आइतबार) दिउँसो १ बजे बस्ने भनेर तोकिएको प्रतिनिधिसभा बैठक पुनः स्थगित भएको छ ।

यसअघि ११ दिन सारेर आइतबार बस्ने गरी तय भएको प्रतिनिधिसभा बैठक अब माघ ६ गते दिनको १ बजे बस्ने गरी स्थगित भएको हो ।

संघीय संसद सचिवालयले सूचना टाँस गरी प्रतिनिधिसभाको अर्को बैठक माघ ६ गते बस्ने गरी आइतबार तय भएको बैठक स्थगित भएको जानकारी दिएको छ ।

सभामुख चयनको विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै सहमति जुट्न नसक्दा संघीय संसदको हिउँदे अधिवेशन शुरु भएयता प्रतिनिधिसभाको एउटा बाहेक सबै बैठक सूचना टाँस गरेर स्थगित हुँदै आएका छन् ।

यसअघि पुस १६ गते बस्ने भनिएको बैठक अघिल्लो दिन (पुस १५ गते) नै सूचना टाँस गरी पुस २७ गते बस्ने गरी स्थगित भएको थियो ।

कृष्णबहादुर महरा जबरजस्ती करणी उद्योग ९बलात्कार० प्रयासको अभियोगमा पुर्पक्षका लागि जेल चलाउन भएपछि सभामुख पद खाली भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गतेदेखि संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी थिइन् ।

प्रतिनिधिसभा बैठक पुस ४ गते बसेपनि त्यसपछि निर्धारण गरिएको बैठक सूचना टाँस गरी स्थगित हुँदै आएको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १२ : २० बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई